Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

गुठी बिधेयकबारे बोले मन्त्री रामवीर, ‘सनकमा होइन राष्ट्रिय सहमतिका साथ विधेयक आउँछ’

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय सहमतिसहित गुठी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताएका छन् । बुधबार काठमाडौंको दक्षिणी क्षेत्र छैमलेमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले सबै नागरिकले स्वामित्व ग्रहण गर्नेगरी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताएका हुन् । मन्त्री मानन्धरले कसैको सनकका भरमा नागरिकको मर्म विपरित विधेयक नआउने स्पष्ट पारे ।

संविधानको मर्मअनुसार स्थानीय सरकारलाई उपत्यकाको सांंस्कृतिक गुठी सञ्चालनको अधिकार दिइनु उपयुक्त हुने भन्दै मन्त्री मानन्धरले सरकार यसको गृहकार्यमा सरकार लागेको बताए । मन्त्री मानन्धरले उपत्यकाको नेवारलगायतका समुदायले गुठीमार्फत् जन्मदेखि मृत्युसम्मका कार्यहरु गर्नुपर्ने र सांस्कृतिक पर्वहरु पनि गुठीका माध्यमबाट सञ्चालन हुने भएकाले जनभावना अनुसार विधेयक ल्याउनेबारे आन्तरिक छलफल भइरहेको खुलासा गरेका छन् ।

स्थानीय सरकारलाई गुठी सञ्चालनको अधिकार दिँदा स्थानीय जनताको मर्म र भावनाअनुसार काम गर्न सकिने मन्त्री मानन्धरको तर्क छ । काठमाडौं उपत्यकाको गुठी जनताको जीवन, संस्कृति र संस्कारसँग जोडिएकाले यसको संरक्षण स्थानीय सरकारमार्फत् गर्दा उपयुक्त हुनेमा सबै सहमत रहेकाले खास विवाद नभएको मन्त्री मानन्धरको तर्क छ ।

गुठी विधेयकलाई जनताको भावनासँग जोड्न आफुले पहल गरेको बताउँदै मन्त्री मानन्धरले भुमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालसँग आफु निरन्तर सम्पर्कमा रहेको बताए ।

वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको संकल्प सहित अघि बढीरहेकाले सबै जनताको भावना समेट्नेगरी विधेयक ल्याउने तयारीमा रहेको मन्नी मानन्धरको दाबी छ । कार्यक्रममा छैमलेका स्थानीयले उपत्यकाका विभिन्न गुठीहरुलाई संरक्षण गर्नेगरी गुठी विधेयक ल्याउन माग गरेका थिए ।

बुधबार मात्रै भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले काठमाडौं महानगरका मेयरसहित सरोकारवालासँग छलफल थालेकी छिन् । फरक प्रसंगमा मन्त्री मानन्धरले व्यवस्थीत सहरीकरणका लागि मन्त्रालयले योजना बनाइरहेको बताउँदै काठमाडौं उपत्यकाको काँठ क्षेत्रको विकासका लागि आफुले विशेष पहल थालेने बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy