काठमाडौं । नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउन वैकल्पिक ऊर्जा प्रवद्रधन केन्द्रले देशका आधाभन्दा बढी घरधुरीमा पहुँच विस्तार गरेको छ । उसले परम्परागत ऊर्जामाथिको निर्भरतालाई कम गर्ने विश्वास लिएको छ ।
नेपाल सरकार र विभिन्न दातृ निकायहरुसँगको प्रभावकारी समन्वय र सहयोगमा सञ्चालित कार्यक्रमहरुबाट गत पौषमसान्तसम्म ३४ लाख तीन हजार ४ सय ४५ घरधुरीमा लघु तथा साना जलविद्युत्, सौर्य उर्जा, वायु उर्जा, बायोग्यास र सुधारिएको चुलो प्रविधि पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले आफूले केन्द्रको नेतृत्व संहालेको एक वर्षको अवधिमा नेपाल मिनीग्रिड कार्यक्रम कार्यान्वयन गर्नको लागि नेपाल सरकार र विश्व वैंकबीच ५६ लाख १० हजार अमेरिकी डलरबराबरको अनुदान सम्झौता र २० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिए ।
यस अवधिमा जर्मन सहयोग बैंक (केएफडब्लु)सँग सौर्य खानेपानी तथा सौर्य सिँचाइ, ग्रिड कनेक्टेड सौर्य प्रणाली तथा सौर्य मिनीग्रिड आयोजना कार्यान्वनको लागि नौ मिलियन युरो बराबरको सम्झौता गरेको थियो । यस्तै, ग्रामीण क्षेत्रको लागि नवीकरणीय ऊर्जा कार्यक्रमको दोस्रो चरणको कार्यक्रमको लागि जिआइजेडसँग चार मिलियन युरो सहमति गरिएको र नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमको समयावधि २० महिना थप गरिएको छ ।
हरित जलवायु कोषमा नेपालकै पहिलो संस्थाको रुपमा केन्द्र सूचीकृत भई कोषसँग सम्झौता गरी पाँच करोड डलरसम्मका कार्यक्रम केन्द्रले हरित जलवायु कोषसँग सिधै सम्पर्क स्थापित गरेर गर्न सक्ने र दुईवटा प्रस्ताव सो कोषमा पेश भएको उनले जानकारी दिए।
कार्यकारी निर्देशक अधिकारीले नेपाल र बेलायत सरकारको संयुक्त सहयोगमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयनमा रहेको र साढे चार वर्ष अवधिको सो कार्यक्रममा बेलायत सरकारबाट प्राप्त १८ मिलियन पाउण्ड सहयोगले प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका कार्यक्रमहरु सञ्चालन गरिएको बताए । फोहरबाट ऊर्जा उत्पादनको लागि हालै अबुधावी फण्ड फर डेभलप्मेन्टबाट १० करोड डलरबराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौता गरिएको पनि उनले उल्लेख गरे ।
नेपाल वायोग्यास सहयोग कार्यक्रमबाट उत्पादित ४ लाख ६० हजार युनिट प्रमाणित उत्सर्जन न्यूनीकरण(सिएसआर)बाट करिब २२ लाख आठ हजार युरो प्राप्त हुने गरी बिक्री गरिएको पनि सो अवसरमा जानकारी दिइयो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: