Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

चिनियाँको विकल्प खोज्दै सरकार

पर्यटनमा कोरोनाको असर
काठमाडौं
। छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आगमनमा असर पर्ने देखिएको छ। नेपाल भ्रमण २०२० मा चीनबाट पाँच लाख पर्यटक ल्याउने तयारी सरकारको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - कोरोना भाइरस संक्रमणका कारण लक्ष्यबमोजिम चिनियाँ पर्यटक आउन नसक्ने भएपछि सरकार अन्य विकल्पको खोजीमा लागेको छ। भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसको असर नेपालको पर्यटनमा देखिएको बताए। मन्त्री भट्टराईले बुधबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मन्त्रालयले चिनियाँ पर्यटकको विकल्प खोजिरहेको जानकारी दिए।

‘कोरोना भाइरसले हाम्रो पर्यटनमा सबैभन्दा बढी असर पुर्‍याएको छ। चीनबाट गत वर्ष तीन लाख पर्यटक आएका थिए। यही आधारमा पर्यटक बढ्ने अपेक्षा थियो’, उनले भने, ‘अब त्यसको वैकल्पिक मार्केट खोज्न थालेका छौं। विदेशमा कसरी राम्रो सन्देश दिने भनेर काम गरिरहेका छौं।’

चीनको विकल्पमा पर्यटक भिœयाउन संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका सीईओ र पर्यटन विभागका महानिर्देशकलाई फोकल पर्सन तोकिएको मन्त्री भट्टराईले बताए।

‘नेपाल कोरोना भाइरसको फ्री जोन हो। भोलिका दिनमा के हुन्छ भन्न सकिन्न। तर आजका दिनसम्म हामीसँग एकजना पनि कोरोनाको बिरामी छैन। यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न जरुरी छ’, उनले भने, ‘चिनियाँ राजदूतले समेत कोरोनालाई नियन्त्रण गरेर पुरानै अवस्थामा फर्किन्छौं भन्नुभएको छ।’

चीनबाहेक अन्य देशबाट नेपाल आउने पर्यटकमा समेत कोरोना भाइसरको त्रासका फैलिएको छ। विदेशी पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिन सके मात्र नेपाल भ्रमण वर्षको लक्ष्य पूरा हुने सुझाव सांसदहरूले दिएका छन्।

पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्यटकलाई कोरोना भाइसरको त्रासबाट मुक्त गराउन सकेमात्र भ्रमण वर्षको लक्ष्य पूरा हुने बताए। ‘म कुनै देश जानुअघि त्यहाँ कोरोना भाइरसबाट बच्ने सुरक्षा कस्तो छ भनेर हेर्छु। स्वास्थ्य परीक्षण गरिरहेको छ कि छैन रु हेल्थ डेक्स राखेको छ कि छैन भनेर हेर्छु’, उनले भने, ‘होइन भने मलाई पनि डर लाग्छ। त्यसैले सबैभन्दा पहिले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ।’

प्रमुख प्रतिपक्षी कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस रोकथाममा नेपालले यस्तै लापरबाही गरिरह्यो भने अवस्था जटिल हुन सक्ने बताए। कोरोनाले देशकै अर्थतन्त्रमा असर गर्ने उनको भनाइ छ।

समाजवादी पार्टीकी रेणुका गुरुङले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा भएको नोक्सानीको विकल्प खोज्नुपर्ने बताइन्। समिति सभापति पवित्रा निरौलाले नेपाल भ्रमणका लागि पूर्वाधारको विकास गर्न नसकेको बताइन्। उनले भनिन्, ‘नेपाल प्राकृतिक रूपमा धनी छ। यसलाई सफा राखिदिए पुग्छ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE