Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

ललिता निवास प्रकरण : किर्ते र ठगीमा पनि कारबाही अघि बढ्दै

पाँच पूर्वमन्त्रीसहित १७२ विरूद्ध अनुसन्धान गर्न अनुमति माग

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास अनियमितता प्रकरणमा संलग्न १७२ जनामाथि किर्ते र ठगीको मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको भोलिपल्टै प्रहरीले गृह मन्त्रालयलाई जाहेरीका लागि पत्राचार गरेको हो ।

आजको कान्तिपुर दैनिकमा खबर छ - स्रोतका अनुसार सीआईबीले गृहलाई बिहीबार पत्र पठाउँदै ठगी र किर्ते मुद्दाको जाहेरी अघि बढाइदिन आग्रह गरेको छ । फौजदारी न्याय प्रणालीमा पीडितले जाहेरी दिनुपर्छ । गृहअन्तर्गतकै समरजंग कम्पनीको जग्गा मिचिएकाले गृहले प्रहरीलाई निर्देशनसहित पत्र पठाएपछि कारबाही प्रक्रिया अघि बढ्नेछ ।

गत साता सीआईबीले गृहमा बुझाएको प्रतिवेदनमा ललिता निवास अनियमितता प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७२ संलग्न भएको भन्दै किर्ते र ठगीमा कारबाही चलाउन सिफारिस गरिएको थियो । उक्त प्रतिवेदन कार्यान्वयनका लागि अब गृहले प्रहरीमै फाइल पठाउनुपर्ने हुन्छ । सीआईबीले यसअघि सरकारको निर्देशनअनुसार छानबिन मात्र गरेको थियो भने अब फौजदारी मुद्दा चलाउन अनुसन्धान गर्नुपर्नेछ ।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले ठगीमा पीडित पक्षले जाहेरी दिनुपर्ने कानुनी व्यवस्था भएकाले गृह वा सरकारी निकायबाट निवेदन आएपछि अनुसन्धान अघि बढ्ने बताए । उनले भने, ‘यसका लागि हामीले अनुसन्धान प्रतिवेदनअनुसार सरकारलाई जाहेरीका लागि अनुमति मागेका छौं ।’ जाहेरी दर्ता भएपछि आरोपितलाई आवश्यकताअनुसार पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुल्नेछ ।

गृहले केही दिनमै सीआईबीमा अनुसन्धानका लागि पत्र पठाउने तयारी गरेको छ । गृह सचिव महेश्वर न्यौपानेले प्रतिवेदनअनुसार नै ललिता निवासको जग्गा प्रकरणमा कारबाही प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिए । सीआईबीले यसअघि तयार पारेको प्रतिवेदनमा पूर्वउपप्रधानमन्त्री गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, छविराज पन्त, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख भइसकेका पूर्वसचिव दीप बस्न्यात, तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारी, बहालवाला सहसचिव तेजप्रसाद पाण्डेलगायत १७२ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान हुनुपर्ने राय दिएको थियो । पूर्वराज्यमन्त्री साह व्यक्ति हत्या अभियोगमा कैद भुक्तान गरिरहेका छन् । उनी २०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना राज्यमन्त्री थिए ।

सीआईबीको सूचीमा अख्तियारबाट भ्रष्टाचारको मुद्दामा नपरेका केही व्यक्तिसमेत छन् । सीआईबीको निवेदनमा तत्कालीन मन्त्री, सचिव, मालपोत र भूमिसुधारका कर्मचारी, भूमाफिया, व्यापारीलगायतलाई किर्ते र ठगी अभियोगमा थप अनुसन्धानको अनुमति मागिएको छ । कान्तिपुरलाई प्राप्त विवरणअनुसार ललिता निवासको जग्गा अनियमिततामा २०४९ सालमा ४८ जना, २०६१/०६२ मा २१ जना, २०६६ मा ६६ जना र २०६९ मा ३७ गरी १७२ जनाले पद दुरुपयोग गरेको दाबी छ । उनीहरूमाथि मुलुकी ऐनको किर्ते र ठगी महल तथा मुलुकी फौजदारी अपराध संहिताको किर्ते र ठगी कसुरमा मुद्दा दायर गर्नुपर्ने सिफारिस छ ।

सीआईबीले गृहलाई पठाएको १६ पानाको पत्रमा भनिएको छ, ‘ललिता निवास क्याम्पभित्रको जग्गा हडप्न किर्ते कागजात बनाई पेस गरी झुक्याई झूटो कुरालाई सद्दे हो भनी धोका दिई गलफतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल आफ्नो हो भनी लिखत गरी बिक्री व्यवहारसमेत गरी ठगी गरेको हुँदा निज प्रतिवादीहरू तथा सो कार्यमा संलग्न प्रतिवादीहरूको बयान पोलबाट खुल्ने तथा अनुसन्धानबाट खुल्न आउने अन्य व्यक्तिहरूसमेतले साबिकको मुलुकी ऐन, २०२० ठगी महलको महल १ मा परिभाषित कसुर अपराध गरेको देखिन्छ ।’

पत्रमा थप व्याख्या गर्दै भनिएको छ, ‘सोही ऐनको दफा ४ बमोजिम सजाय गर्न तथा प्रस्तुत कसुरको हालको कानुनी व्यवस्थामा समेत निरन्तरता पाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ र २५१ बमोजिम ठगीसम्बन्धी कसुर अपराध भई सोही संहिताको दफा २४९ को उपदफा (३) र दफा २५१ को उपदफा (३) बमोजिम र साबिकको मुलुकी ऐनको किर्ते कागजको महल र हाल प्रचलित मुलुकी अपराध संहिताको परिच्छेद २५, लिखतसम्बन्धी कसुरको दफा २७६ बमोजिम तथा अन्य प्रचलित कानुनबमोजिमसमेत कारबाही गरी सोहीबमोजिम बिगो र क्षतिपूर्तिसमेत भराई पाउँ भनी यो जाहेरी दरखास्त पेस गरिएको छ ।’ आरोपितले सरकारी सम्पत्ति हत्याउन नक्कली मोही खडा गरेको, त्यसका लागि नक्कली व्यक्तिलाई उभ्याएर मुचुल्का तयार पारेको, सरकारी कागजपत्र नष्ट गरेर आफूअनुकूलका विवरण तयार पारेको र सरकारी जग्गा आफ्नो बनाउन मालपोतका कर्मचारीलाई आर्थिक लाभमा पारेको पनि पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी २०४७ सालको अन्तरिम सरकारले गरेको निर्णयको अपव्याख्या गरेर तत्कालीन भोगाधिकारीहरूले कर्मचारी र भूमाफियालाई जग्गा नै घूस दिएर आफूअनुकूल निर्णय गराएको पनि उल्लेख छ । किर्ते र ठगी प्रकरणमा दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, सोहीबमोजिम बिगो खुले बिगो र जरिवाना गराउन सकिने व्यवस्था छ ।

किर्ते र ठगी आरोपमा को–को ?
पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार
पूर्वराज्यमन्त्री सञ्जयकुमार साह
पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी
पूर्वभूमिसुधारमन्त्री डम्बरबहादुर श्रेष्ठ
पूर्वमन्त्री/पूर्वसचिव छविराज पन्त
पछि अख्तियारका पूर्वप्रमुख आयुक्त बनेका भौतिक योजना मन्त्रालयका तत्कालीन सचिव दीपबहादुर बस्न्यात
भूमिसुधार मन्त्रालयका पूर्वसचिव दिनेशहरि अधिकारी
तत्कालीन उपसचिव विनोदकुमार गौतम
प्रमुख मालपोत अधिकृत कलाधर देउजा
प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरे
सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक अशोकनाथ उप्रेती
भूमिसुधार मन्त्रालयका तत्कालीन योजना महाशाखा प्रमुख (सहसचिव) काजीबहादुर थापा
भूमिसुधार मन्त्रालयका तत्कालीन उपसचिव हुपेन्द्रमणि केसी
भवन निर्माण विभागका तत्कालीन इन्जिनियर सुरोजराज राजकर्णिकार
इन्जिनियर बालकृष्ण श्रेष्ठ, इ. राजेन्द्रमान श्रेष्ठ, पूर्वसचिव नारायण गोपाल मलेगो (भौतिक योजना मन्त्रालयको सहसचिव हुँदा) भौतिक योजना मन्त्रालयका तत्कालीन शाखा अधिकृत कृष्ण रावत र उपसचिव विनयकुमार गौतम
प्रमुख मालपोत अधिकृत हरिकृष्ण तिमल्सिना
मालपोत अधिकृत पर्शुराम पोखरेल
नासुद्वय प्रकाश चापागाईं र टंकनाथ पौडेल
खरिदार अर्जुन खतिवडा
समरजंग कम्पनीका तत्कालीन प्रमुख चिरञ्जीवी अधिकारी
उमाकुमारी ढकाल
भूमाफिया शोभाकान्त ढकाल
पूर्वसहसचिव सुधीरकुमार शाह (बयानमा बोलाउने)
उर्मिला शाह
पूर्वसहसचिव गेहनाथ भण्डारी (बयानमा बोलाउने)
भुवनकुमारी चापागाईं
दिनेश शर्मा
सुरेन्द्र कपाली
नापी अधिकृत साविर हुसेन
उपसचिव अर्जुन भण्डारी
लोकहरि घिमिरे
रमेशकुमार पोखरेल
श्रीहरि पुडासैनी
श्यामकुमार खत्री
युक्तप्रसाद श्रेष्ठ
विनोद गौतम
हरिप्रसाद जोशी
बलिरामप्रसाद साह (तेली)
रामेश्वर बिडारी

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE