चीन । चीनमा कोरोनाभाइरसको सङ्क्रमण प्रकोपका रूपमा फैलिएपछि सञ्चारमाध्यममा \'क्वारन्टीन\' शब्द व्यापक रूपमा प्रयोग भएको देखिन्छ। यो शब्द सरुवा रोग नियन्त्रणसँग सम्बन्धित छ।
इन्साइक्लपिडिया ब्रिटानिकाका अनुसार क्वारन्टीन भन्नाले कुनै सरुवा रोगको जोखिममा रहेका मानिस वा पशुलाई हिँडडुल गर्नबाट रोक्ने वा उनीहरूलाई अलग्ग सुरक्षित स्थानमा राख्ने भन्ने बुझाउँछ।
सरुवा रोगको सङ्क्रमण वा त्यो फैलाउने जोखिमबाट मुक्त नभएसम्म उनीहरूलाई क्वारन्टीनमा अर्थात् अलग्गै राखिन्छ।
अझ विस्तारमा भन्नु पर्दा स्वस्थ मानिस वा समूहलाई कुनै पनि स्थलबाट हिँडडुल गर्नबाट रोक लगाई सम्भावित सङ्क्रमणबाट उनीहरूलाई जोगाउन वा उनीहरूबाट सर्वसाधारणलाई हुन सक्ने खतरा रोक्न निश्चित समयका लागि सुरक्षित स्थानमा राखेर निगरानी गर्ने कार्यलाई क्वारन्टीन भनिन्छ।
कसरी गरिन्छ क्वारन्टीन व्यवस्थापन ?
अहिले चीनको हुबे प्रान्तबाट १८० नेपालीलाई स्वदेश फिर्ता ल्याइने तयारी हुँदैछ।
यहाँ ल्याइएपछि उनीहरू सबैलाई क्वारन्टीनमा राखिनेछ।
सङ्क्रमित व्यक्त कोरोनाभाइरसले फोक्सोलाई आक्रमण गर्छ । त्यसका लागि राजधानी उपत्यकामा चार स्थानको टुङ्गो भइसकेको अधिकारीहरूको भनाइ।
क्वारन्टीन व्यवस्थित बनाउनका लागि स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिहरूसँग सम्पर्क हुन नदिने व्यवस्था मिलाउनु आवश्यक हुन्छ। उक्त अवधिमा सङ्क्रमित क्षेत्रबाट उद्धार गरिने व्यक्तिहरूलाई नियमित अनुगमन गरेर रोगका लक्षण भए नभएको निधो गरिन्छ।
कोरोनाभाइरसको हकमा कम्तीमा दुई सातासम्म क्वारन्टीन गर्ने अर्थात् निगरानीमा राख्नुपर्ने हुन्छ।
कोरोनाभाइरस प्रकोपको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सङ्क्रमणबाटै मृत्यु
उक्त अवधिमा क्वारन्टीनमा राखिएका मानिसहरूको नाक, घाँटी तथा श्वासप्रश्वाससम्बन्धी अङ्गको भित्री भागबाट समेत विभिन्न नमुना निकालेर परीक्षण गरिन्छ।
उक्त अवधिमा उनीहरूको उपचारमा सक्रिय हुने चिकित्सक, नर्स तथा अन्य विज्ञ वा निगरानीमा रहने सुरक्षाकर्मी, खाना तथा ढुवानी लगायतको बन्दोबस्ती गर्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउने गर्छन्।
क्वारन्टीन स्थल कहाँ छन् ?
कोरोनाभाइरसबाट अतिप्रभावित चीनको हुबे प्रान्तमा नेपालीहरू उद्धारको पर्खाइमा छन्।
सरुवा रोग फैलिएको स्थानबाट आउने भएकाले निश्चित अवधिका लागि उनीहरूलाई चिकित्सकीय निगरानीमा चार स्थानमा अलग्गै राखिनेछ।
बिहीवार स्वास्थ्य, गृह, रक्षा र परराष्ट्र मन्त्रीसहित विभिन्न सरोकारवाला मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ती स्थानमा चीनबाट फर्किने व्यक्तिहरूलाई राख्न निर्देशन दिएका हुन्।
भक्तपुरमा क्वारन्टीनमा राख्ने योजनाको केही स्थानीयवासीले विरोध गरेका छन्।
तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोनाभाइरसको सङ्क्रमणबारे पर्याप्त जानकारी नहुनाले अनावश्यक भय फैलाइएको र त्यसैका कारण विरोध समेत भएको टिप्पणी गरेका छन्।
वुहानबाट नेपाल फर्किन इच्छुक सबै नेपालीहरू पूर्ण सुरक्षित वा स्वस्थ रहेको उनको भनाइ छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: