Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

पूर्वअधिराजकुमारी प्रेरणाको दाइजो दाबी खारेज, छाउनीको जग्गा ट्रष्ट मातहत आउने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गामा आफ्नो दाइजो दाबी गर्दै पुनः दायर गरेको रिट खारेज हुने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले राज्यलक्ष्मी सिंहले दाइजो भन्दै दाबी गर्दैै पुनः दायर गरेको रिटलाई खारेज हुने फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जनाको संवैधानिक इजलाशले यस्तो फैसला सुनाएको हो। फैसलासँगै स्वर्गीय राजा वीरेन्द्रको नामको रहेको काठमाडौंको छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलको घरजग्गा नेपाल ट्रष्टको नाममा ल्याउन बाटो खुला भएको छ ।

इजलासले प्रेरणाको दाबी नपुग्ने भन्दै सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी नगरी छाउनीको जग्गामा उनको दाबी खारेज गरेको हो । पूर्व अधिराजकुमारीले अन्तरिम संविधान २०६३ आउनुअघि २०५८ सालमै आफूले सो सम्पत्ति दाइजोमा पाएको भन्दै संविधानसँग ऐन बाझिएको दावी सहित रिट दायर गरेकी थिइन् ।

शुक्रबारको सुनुवाइ सूचीमा प्रेरणाको रिट पहिलो नम्बरमा पेशी तोकिएको थियो। उक्त इजलाशमा राणासहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह थिए।

सरकारले २०६४ पुस १ मा पूर्वराजा वीरेन्द्रको सम्पत्तिका रुपमा रहेको जग्गा नेपाल ट्रष्टमा गाभ्ने निर्णय गरेको थियो। सोही जग्गाअन्तर्गत काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना आफ्नो दाबी गर्दै प्रेरणा पहिलो पटक २०७१ माघ २५ मा सर्वोच्च पुगेकी थिइन्।

उक्त मुद्दामाथि तत्कालीन प्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रेरणाले दाइजो पाएको ठहर गर्दै सो जग्गा उनकै नाममा हुने गरी २०७२ असोजमा फैसला गरेको थियो।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy