Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

जिल्लाको आदेश उच्च अदालतबाट सदर : रौतहट नरसंहारका नाइके आलम थुनामै रहने

राैतहट । बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा थुनामा रहेका पूर्वमन्त्री एवं सांसद अफ्ताब आलमलाई साधारण तारेखमा छाड्‍न उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले अस्वीकार गरेको छ । बिहीबार र शुक्रबार चलेको बहसपछि उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले विस्फोटक पदार्थ बम प्रयोग गरी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा आलमलाई पुर्पक्षका लागि थुनामा राख्‍न दिएको रौतहट जिल्लाको फैसला नै सदर गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - न्यायाधीश सत्यमोहन चौधरी र डिल्लीराज आचार्यको संयुक्त इजलासले रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्दा लिइएका आधार र कारणहरू मनासिब देखिएकाले आलमलाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको उच्च अदालतका श्रेस्तेदार ठाकुर खरेलले जानकारी दिए ।

पुर्पक्षका लागि थुनामा रहेको हालको अवस्थालाई निरन्तरता दिनु आवश्यक एवं उपयुक्त देखिएको भन्दै उच्च अदालत जनकपुरले जिल्ला अदालतबाट २९ कात्तिक ०७६ मा भएको आदेशलाई बेरीतको भन्न नमिल्ने संयुक्त इजलासको ठहर छ । कांग्रेसका केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नम्बर २ का सांसद आलम जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि हाल ललितपुर कारागारमा छन् । आलमले उक्त आदेश बेरीतको भएकाले तारेखमा रही मुद्दा पुर्पक्ष गर्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएका थिए ।

‘निवेदकको राजनीतिक शक्ति एवं सार्वजनिक पद, क्रूर यातना तथा अमानवीय एवं अपमानजक वारदातको प्रकृति तथा एउटै वारदातमा एकभन्दा बढी व्यक्ति उपर एकभन्दा बढी कसुर भएको भन्ने अभियोग दाबीको कसुरहरूको प्रकृति देखिनेसमेतका आधारहरूले निवेदकलाई मुलुकी फौदजारी कार्यविधिसंहिता ०७४ को दफा ६८ बमोजिम धरौटी र जमानत माग गर्ने आधारहरू र अवस्था विधमान रहेको देखिएन,’ आदेशमा भनिएको छ । संविधानले मार्ग निर्देशन गरेबमोजिमको न्यायिक निष्पक्षता कायम राख्‍न र न्याय सम्पादनका क्रममा हुने सबै प्रकारका प्रभावहरूलाई न्यायालयको परिसरभित्रको प्रवेशलाई निषेध गर्नसमेत निवेदकलाई धरौटीमा छाड्‍न नमिल्‍ने उच्च अदालतको आदेशमा उल्लेख छ ।

यसअघि जिल्ला अदालत गौरका तत्कालीन न्यायाधीश दीपक ढकालको इजलासले २९ कात्तिक ०७५ मा आलमलाई थुनामा पठाएको थियो । १२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटनसम्बन्धी मुद्दामा उनलाई प्रहरीले गत २६ असोजमा पक्राउ गरेको थियो । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत ०६४ मा रौतहटको राजपुरमा बम विस्फोट भएको थियो । रौतहट–२ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका आलमले बम पड्काएर परिस्थिति आतंकित पार्दै नतिजा आफ्नो पक्षमा पार्न भारतबाट समेत मान्छे झिकाएर बम बनाउन लगाएका थिए । सो घटनामा घाइते भएका दुई नेपाली युवा मोहम्मद ओसी अख्तर र त्रिलोकप्रताप सिंह ‘पिन्टु’सहित २० भारतीयलाई इँटाभट्टामा हालेको अभियोग आलममाथि छ ।

ओसी र पिन्टुका परिवारले त्यतिवेलै प्रहरीमा उजुरी दिए पनि राजनीतिक आडमा आलमले प्रहरीदेखि सरकारी वकिलसम्मलाई दबाबमा राख्दै उन्मुक्ति पाएका थिए । छोरा ओसीको न्यायका लागि लड्दै हिँडेकी रुक्साना खातुनको पनि पछि गोली हानी हत्या भएको थियो । त्यसपछि एक्लै लड्दै आएका पिन्टुका बाबु श्रीनारायणसिंह राजपुतले दिएको जाहेरीका आधारमा घटनाको १२ वर्षपछि २६ असोजमा प्रहरीले आलमलाई रौतहटबाटै पक्राउ गरेको थियो । १८ कात्तिकमा आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ प्रयोग तथा भण्डारणको अभियोगमा रौतहट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

आलममाथि तीन मुद्दा
आलमलाई ३२ वर्ष कैद सजाय माग दाबीसहित १९ कात्तिकमा जिल्ला अदालत गौरमा तीनवटा मुद्दा चलिरहेका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय मागदावी गरिएको छ । यमुनामाई गाउँपालिका ४ का त्रिलोकप्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले आलमविरुद्ध कर्तव्य ज्यान मुद्दा दिएका थिए ।

यस्तै, सर्लाही गडैता २ का सफी अहमद र भारत सीतामणिका गौरीशंकर राम चमारले बम विस्फोटमा घाइते भएको भन्दै ज्यान मार्ने उद्योगमा उनीविरुद्ध जाहेरी दिएका थिए । आलमविरुद्ध प्रहरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाएको थियो । जिल्ला अदालतले आलमलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ८० अनुसार कारागार पठाउन आदेश दिएको थियो ।

३० असार ०६५ मा महान्यायाधिवक्ताको कार्यालयले रोक्सना खातुन वादी रहेको मुद्दामा कोही कसैउपर मुद्दा नचल्ने र पर्याप्त प्रमाण भेटिए मुद्दा चलाउन सकिने निर्णय गरेको थियो । उक्त निर्णयपछि अर्का पीडित नारायण सिंहले सर्वोच्चमा पुनरावेदन गरेका थिए । १६ जेठमा सर्वोच्चले मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न आदेश दिएको थियो ।

मुद्दा सार्ने माग खारेज

शुक्रबारकै संयुक्त इजलासले मुद्दा सार्न आलमले दिएको निवेदन अस्वीकार गरेको छ । विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दा रौतहट जिल्ला अदालतबाट पर्सा जिल्ला अदालतमा सारी पाउँ भनी उनले निवेदन दिएका थिए । न्यायाधीद्वय थारू र आचार्यको संयुक्त इजलासले मुद्दा सार्ने अवस्था नदेखिएको आदेश गरेको हो ।

रौतहट जिल्ला अदालतबाट सारी बाँकी सुनवाइ गरी नेपालको संविधानबमोजिम स्वच्छ सुनवाइसम्बन्धी हकको प्रत्याभूति गरी पाउँ भनी आलमको तर्फबाट निवेदन दर्ता भएको थियो । ‘विचाराधीन उक्त मुद्दाको बाँकी काम कारबाही र किनाराका सम्बन्धमा रौतहट जिल्ला अदालतबाटै कानुनबमोजिम गर्नु गराउनु न्यायको रोहमा मनासिब देखियो,’ आदेशमा भनिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE