जनकपुरधाम । सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ । प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत छ । गास। बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ । प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ । नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ ।
बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ । आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ । नेपालको समग्र आर्थिक गरिबी २५.२ प्रतिशत छ । आर्थिक गरिबी दरमा प्रदेश २ तेस्रो नम्बरमा छ । मानव विकास सूचकांकमा भने पुछारमा छ ।
आयोगका अनुसार समग्र नेपालमा शून्य.४९० मानव विकास सूचकांकको दर रहे पनि प्रदेश २ को ०.४२१ प्रतिशत छ । ‘यसले प्रदेश धेरै पछाडि परेको देखाउँछ’, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले भने, ‘प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर आर्थिक गरिबी घटाउने लक्ष्य लिएको छ ।’ पञ्चवर्षीय योजनाको आधारपत्रमा २७.७ प्रतिशत आर्थिक गरिबीलाई आगामी पाँच वर्षमा २१ प्रतिशतमा झार्ने लक्ष्य छ ।
रौतहट सबैभन्दा पछाडि
नीति आयोगको तथ्यांकअनुसार प्रदेश २ का ८ जिल्लामध्ये सबैभन्दा बढी बहुआयामिक गरिबी रौतहटमा छ । रौतहटमा सबैभन्दा बढी ४६.४३ प्रतिशत गरिबी छ ।
दोस्रो गरिब जिल्लाका रुपमा महोत्तरी छ । महोत्तरीमा ४४.७५ प्रतिशत गरिबी रहेको तथ्यांक छ । तेस्रो गरिब जिल्ला सर्लाहीमा ४३.८६ प्रतिशत गरिबी छ । गरिबीमा सिरहा चौथो र धनुषा पाँचौं नम्बरमा छन् । सिरहामा ४२.६२ प्रतिशत गरिबी छ भने धनुषामा ४१ प्रतिशत गरिबी छ ।
छैटौं गरिब जिल्लाका रूपमा बारा छ । बारामा ४०.०९ प्रतिशत गरिबी छ । तथ्यांकमा सातौं गरिब सप्तरी र आठौं पर्सा छन् । सप्तरीमा ३८.३४ र पर्सामा ३६.३७ प्रतिशत गरिबी छ । पर्साको मानव विकास सूचकांकको अवस्था ०.४२१ छ । सप्तरीको ०.४३७, सिरहाको ०.४०८, धनुषाको ०. ४०१, महोत्तरीको ०.३८८, सर्लाहीको ०.४०२, रौतहटको ०. ३८६, बाराको ०. ३८६ र पर्साको मानव विकास सूचकांक ०.४६४ रहेको प्रदेश नीति आयोगले जनाएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: