काठमाडौं । कोरोनाको महामारीका कारण चीनको वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थी खानसमेत नपाई कोठाभित्रै बस्नुपरेको पीडा सुनाइरहेका छन् । तिनका अभिभावक सिंहदरबार धाउँदै स्वदेश फर्काइदिन याचना गरिरहेका छन् । तर, नागरिकको पीडामा सरकार ढुक्कसाथ आलटाल गरिरहेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - क्वारेन्टाइन टुंग्याउन ६ दिन लगाएको सरकारले अरू तीन दिन बितिसक्दा पनि नागरिक ल्याउने मिति निश्चित गरेको छैन । शनिबार त त्यसबारे कुनै छलफलसम्म भएन । ‘चीनबाट नागरिक ल्याउने विषयमा शनिबार कुनै छलफल भएन,’ स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहले भने ।
सरकारले सुरुमा उनीहरू चीनमै सुरक्षित रहेको दाबी गर्दै आएको थियो । तर, भारत, अमेरिकालगायत देशले नागरिक फिर्ता लगेपछि सरकार दबाबमा परेको थियो । १८ माघमा परराष्ट्र मन्त्रालयले आफ्ना नागरिक फर्काउन सहजीकरणका लागि चीन सरकारलाई औपचारिक पत्र पठायो । बेइजिङस्थित नेपाली दूतावासले नेपाल आउन चाहनेलाई फारम भर्न भन्यो । १८५ जनाले फर्किन चाहेको भन्दै फारम पनि भरे ।
प्रवक्ता महेन्द्र श्रेष्ठले २० माघमै पत्रकार सम्मेलन गरेर वुहानलगायत सहरबाट २४ माघभित्रै नागरिक फिर्ता ल्याउने बताएका थिए । तर, सरकार उनीहरूलाई फर्काएपछि १४ दिनसम्म राख्नुपर्ने ठाउँ खोज्ने नाममा अलमलियो । चीनले कोरोना संक्रमितलाई उपचार गर्न १० दिनमा हजार शड्ढयाको अस्पताल ठड्याउँदा नेपालले जम्मा १८५ नागरिक ल्याएर राख्ने ठाउँ खोज्न ६ दिन लगायो । उनीहरूलाई इचंगुनारायणको सुकुमबासी आवास भवन, खरिपाटीको विद्युत् प्राधिकरण तालिम केन्द्र, शिवपुरी र सूर्यविनायकका सैनिक ब्यारेकमा राख्ने बिहीबार मात्रै टुंग्यायो ।
ठाउँ टुंगिएपछि अब छिटै फिर्ता प्रक्रिया सुरु हुने अपेक्षा थियो । तर, सरकारले फेरि आलटाल गरेको छ । आवश्यक व्यवस्थापनले गति लिएको छैन । शनिबार खरिपाटीस्थित विद्युत् प्राधिकरणले दुई भवन खाली गरेको छ । वातावरण तथा सामाजिक अध्ययन विभाग र हेस्टेलको भवन खाली गरिएको खरिपाटी विद्युत् प्राधिकरणका सहनिर्देशक केशवराज ओलीले बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: