Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

नौ वर्ष बितिसक्यो स्वास्थ्य संस्थाका भवन निर्माण कार्य अझै अलपत्र

अछाम । ठेकेदार कम्पनीको लापरबाहीले अछाममा १० वटा स्वास्थ्य संस्थाको भवन निर्माण कार्य अलपत्र परेको छ । केही भवन निर्माण पूरा नहुँदै भत्किन थालेका छन् । २०६७ देखि ०७४ सम्ममा निर्माण सक्ने गरी सम्झौता भएका जिल्लाका विभिन्न ठाउँका १० वटा भवनको निर्माण लागत १७ करोड ५५ लाख ९१ हजार ३ सय २५ छ । ठेकेदारहरूले अधिकांश भवनको ७५ प्रतिशतभन्दा बढी रकम भुक्तानीसमेत लगिसकेका छन् ।

पटक–पटक म्याद थप्दा पनि बनेनन् भवन

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - २८ असार ०६७ मा ठेक्का सम्झौता भएको मष्टामाडौं हेल्थपोस्ट भवन निर्माणका लागि पटक–पटक म्याद थप हुँदा पनि पूरा भएको छैन । यो भवन निर्माणको ठेक्का धुलिखेल निर्माण सेवा काठमाडौंले भ्याटबाहेक एक करोड १८ लाख ६३ हजार नौ सय ९२ मा लिएको छ । भदौ मसान्त ०६८ अघि नै काम सक्ने सम्झौता थियो । तर, आधाभन्दा बढी रकम भुक्तानी लिइसक्दा पनि काम पूरा भएको छैन । ८ माघ ०६८ मा ठेक्का सम्झौता भएको चौरमाडौं प्राथमिक स्वास्थ्य केन्द्रको भवनको हालत पनि उस्तै छ ।

दुई वर्षभित्र काम सक्ने गरी दुई करोड ९८ लाख २४ हजार चार सय ७० मा भवन निर्माणको ठेक्का लिएको डाँफे–तुलसी दुर्गा जागृति जेभीले अझै भवन निर्माण पूरा गरेको छैन । रोकिएको काम चाँडै सुरु हुने डाँफे कन्स्ट्रक्सनका साइड इन्चार्ज भोला कोइरालले बताए ।

निर्माण नहुँदै भत्किन थाल्यो भवन

१३ भदौ ०७२ ठेक्का सम्झौता भएको तुर्माखाँद स्वास्थ्यचौकी भवन निर्माण कार्य झन् बिजोक अवस्थामा छ । भुइँतलाको ढलान सकेर रोकिएको यो भवन निर्माण पूरा नहुँदै भत्किन थालेको छ । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माका अनुसार नयाँ भवन नबन्दा पुरानो भवनबाट सामान्य उपचारबाहेक अन्य सुविधा दिन सकिएको छैन ।

यो भवन याक्थुहाङ आइएस नेत्रेश्वरी जेभीले भ्याटबाहेक दुई करोड २१ लाख १८ हजार पाँच सय ३६ रुपैयाँमा ठेक्का लिएको हो । स्वाँर कन्स्ट्रक्सन अछामले निर्माण सम्झौता गरेको कालागाउँ स्वास्थ्यचौकीको भवन बन्ने अझै छाँटकाँट छैन ।

दुई करोड १६ लाख ४२ हजार ६ सय ५६ रुपैयाँमा निर्माण सम्झौता भएको यो भवनको मुख्य स्ट्रक्चरबाहेकको काम अघि बढेको छैन । त्यसैगरी, धमाली स्वास्थ्यचौकी, ऋषिदह स्वास्थ्यचौकी, बैजनाथ स्वास्थ्यचौकी र ढकारी स्वास्थ्यचौकीको भवन निर्माण कार्य पनि अलपत्र छ ।

भवन नहुँदा उपचार प्रभावित

भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित भएको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताए । ‘भवन नहुँदा बिरामी र औषधि राख्नका लागि टिनको छाप्रो बनाएका छौँ,’ उनले भने ।

एक करोड २७ लाख ७९ हजार ९ सय १५ रुपैयाँ लागतमा ३ कात्तिक ०६८ मा ठेक्का लागेको बारला स्वास्थ्यचौकी भवन पनि अलपत्र छ । भवन निर्माणको अन्तिम म्याद ३ माघ ०६९ सम्म थियो । त्यसयता पटक–पटक म्याद थप हुँदा पनि भवन निर्माण कार्य अधूरै रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE