Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

बालबालिकालाई यातना दिएको आरोपमा पवित्र चिल्ड्रेन होमका सञ्चालक पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-५ भैँसेपाटीस्थित श्रीपुनस्र्थापना पवित्र चिल्ड्रेन होमका सञ्चालक आकाश खाती र कमला खातीलाई प्रहरीले पक्राउ गरेको छ । बालगृहमा आश्रित बालबालिकालाई कुटपिट र यातना दिएको आरोपमा उनीलाई शुक्रबार पक्राउ गरिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डिएसपी सन्तोष तामाङका अनुसार उनीहरूमाथि अनुसन्धान भइरहेको छ । सञ्चालक कमला खातीले भने बालबालिकालाई यातना नदिएको दाबी गरिन् ।

हुम्ला, सुर्खेत, रुकुमलगायत जिल्लाका बालबालिका ११ महिनादेखि यस बालगृहमा आश्रित थिए । महानगरीय प्रहरी प्रभाग भैँसेपाटीले राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रसँग समन्वय गरी बालगृहबाट सात बालबालिकाको उद्धार गरेको छ । सुर्खेतका ११ वर्षीया आशा नेपाली र १२ वर्षीया लक्ष्मी शर्मा, रुकुमका ११ वर्षीय सामुयल विक र ९ वर्षीया योना विक, हुम्लाका ९ वर्षीया दिना टमटा, ५ वर्षीय विजय टमटा र ७ वर्षीय कलबहादुर टमटालाई उद्धार गरिएको हो ।

बालगृह सञ्चालकले दिएको शारीरिक यातना सहन नसकी बालबालिका भागेका थिए । उद्धार गरिएकी लक्ष्मी शर्माले सञ्चालकहरूले शारीरिक यातना दिने गरेको बताइन् । उनले भनिन्,‘कुचो र बाँसले पिट्थे । सधैँ यातना दिन थालेपछि हामी भागेका हौँ ।’

आश्रमबाट भागेका बालबालिका शंकास्पद स्थितिमा देखेपछि प्रहरीले सोधपुछ गरेको थियो । सोही आधारमा आश्रमका सञ्चालकलाई प्रहरीले पक्रेको हो । राष्ट्रिय बालअधिकार परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालका अनुसार बालगृहको सम्बन्धमा कारबाही प्रक्रिया अगाडि बढेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE