Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

दिल्ली विधानसभा चुनाव : एग्जिट पोल्सको नतिजामा आम आदमीको ह्याट्रीक, भाजपाको अत्यन्तै कमजोर

काठमाडौं । ७० सिटको लागि भएको दिल्ली विधान सभाको मतगणना जारी छ । शनिबार भएको निर्वाचनको एग्जिट पोल्सको नतिजा भने आएको छ । विभिन्न चर्चित मिडियाले गरेको एग्जिट पोल्सको नतिजामा अरबिन्द केजरीवालको पार्टी आम आदमीले ह्याट्रीक हान्न सक्ने अनुमान सार्वजनिक भएको छ ।

चुनाव सकिए लगत्तै भएको एग्जिट पोल्सको नतिजामो केजरीवालको पार्टीले स्प्पष्ट बहुमत ल्याएको छ । अनुमान सहि भयो भने ग्यारेन्टी कार्ड ल्याएका केजरीवालले पूनः दिल्लीको सत्ता सम्हाल्नेछन् । यसअघि उनले २०१३ र २०१५ मा दिल्लीमा आपको सरकार बनाएका थिए ।

निर्वाचन सकिए लगत्तै शनिबार राती सार्वजनिक भएको अधिकांश एजिग्ट पोल्सको नतिजामा भाजपा दोस्रो ठूलो दल हुने अनुमान लगाइएको छ । भाजपाले २६ सिटसम्म ल्यायउने र कांग्रेसले बढिमा २ सिटसम्म ल्याउने अनुमान गरिएको छ । पछिल्लो विधानसभा निर्वाचनमा आपले ७० मा ६७ सिट र भाजपाले जम्मा ३ सिट ल्याएको थियो । तर यस पटकको चुनावमा भने भाजपाको उपस्थिति केहि बलियो भएको अनुमान गरिएको छ ।

दिल्ली विधानसभा निर्वाचनमा अधिकांश मिडियाको एग्जिट पोल्स नतिजामा आपले न्यूनतम ४४ र बढिमा ६८ सिटसम्म ल्याउन सक्ने अनुमान गरिएको छ । आजतकले आपले ६८ सिटसम्मै ल्याउने अनुमान गरेको छ । टाइम्स नाउले सबैभन्दा कम ४४ सिट ल्याउने अनुमान गरेको छ । आजतकको नतिजामा भाजपाले २ देखि ११ सिट ल्याउन सक्ने अनुमान गरेको छ । आजतकको नतिजामा कांग्रेसले एक सिट पनि नल्याउने अनुमान गरिएको छ । आजतकसँगै टाइम्स नाउ र न्यूज एक्सले कांग्रेसले एक सिट पनि नल्याउने नतिजा देखाएका छन् ।

२०१५ मा भएको दिल्ली विधानसभा निर्वाचनमा केजरीवालको पार्टी आपले ७० सिटमा ६७ सिट ल्याएको थियो । दोस्रो ठूलो दल बनेको भाजपाले जम्मा ३ सिट प्राप्त गरेको थियो । लामो समय केन्द्र र राज्यमा पनि सरकार सञ्चालन गरिरहेको कांग्रेसले भने खातासम्म खोल्न सकेको थिएन् ।

सबै नतिजा फेल खान्छ : मनोज तिवारी

एग्जिट पोल्सको नतिजा सार्वजनिक भएसँगै भाजपाका नेता मनोज तिवारीले सबै एग्जिट पोल्सको नतिजा बकवास भएको टिप्पणी गरेका छन् । उनले सबै एग्जिट पोल्सको नतिजा फेल हुने र बहुमत ल्याउने भाजपाले दिल्लीमा सरकार बनाउने दाबी गरेका छन् ।

उनले भनेका छन्, “सबै एग्जिट पोल्सको नतिजा फेल खान्छ । मेरो टिव्ट समालेर राखनुहोला, भाजपा दिल्लीमा ४८ सीट ल्याउँदै सरकार बनाउनेछ ।” एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy