Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सैनिक कमान्डोको गोलीबाट २६ सर्वसाधारणको मृत्यु, ५७ घाइते

बैङ्कक । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले देशको उत्तरपूर्वी क्षेत्रमा एक जना सैनिक जवानले अन्धाधुन्ध चलाएको गोली लागेर २६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन् । उनले आइतबार दिएको जानकारी अनुसार शनिबार भएको उक्त घटनामा अरु ५७ जना घाइते भएका छन् । उक्त घटनमा गोली चलाउने सैनिकको पनि मृत्यु भएको छ ।

देशको नाकोर्न रात्चासिमा सहरमा रहेको एउटा किनमेल केन्द्र (सपिङ मल) मा एक जना मानसिक अस्वस्थ सैनिक कमान्डोले अन्धाधुन्ध गोली चलाएका थिए ।

ती सैनिकले ब्यारेकबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई स्थानीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् ।

प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखेको पनि प्रहरीले बताएको छ ।

फेसबुकमा पेस्तोल र तीन गोलीको तस्बिर राखेर ‘अब मजा गर्ने समय आएको’ र ‘कसैले पनि मृत्युलाई छल्न नसक्ने’ भनेर लेखेका थिए । फेसबुकले अहिले त्यो पेज हटाइदिएको छ ।

जक्रफन्थ थोम्मा नामक ती व्यक्तिलाई पनि सुरक्षाकर्मीहरुले मारिदिएका छन् । हतियारधारी ती सैनिकलाई कब्जामा लिन गरिएको कारबाहीका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

स्थानीय समय अनुसार शनिबार ९.३० बजेतिर प्रहरीले ३२ वर्षीय ती बन्दुकधारी मारिएको पुष्टि गरेको हो । ती बन्दुकधारीलाई भवनको पछिल्तिरबाट भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो । आत्मसमर्पण गर्न लगाउन उनकी आमालाई पनि त्यहाँ लगिएको थियो ।

शनिवार आफ्नो कमान्डरलाई मारेर सैनिक शिविरबाट हतियार चोरेको अहिलेसम्मको अनुसन्धानबाट देखिएको अधिकारीहरुले बताएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending