Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

नेप्से दोहोरो अङ्कले ओरालो

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुनः ओरालो लाग्ने क्रम शुरु भएको छ । सोही क्रममा आज नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार ३१९.९९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक तीन अङ्कले घटेर २८१.०४ मा पुगेको छ ।

नेप्से ओरोलो लाग्दा कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड चार लाख दुई हजार ५८४ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १७.४८ ले बढ्दा बैंकिङ १२.३९, व्यापार ५.६४, होटल ५४.३२, विकास बैंक १९.१४, जलविद्युत् ८.३४, वित्त ५.५१, निर्जीवन बीमा १३१.५१, अन्य ४.०५, लघुवित्त २०.६९, जीवन बीमा ७५.८६ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ९२ लाख ५५ हजार ७६७ मूल्य बराबरको शेयर खरीद बिक्री भए । यस्तै ग्लोबल आइएमइ बैंक रु तीन करोड ५३ लाख ५७ हजार ९२७, एनआइसी एशिया रु तीन करोड ४६ लाख २३ हजार ५३३, नागरिक लगानी कोष रु तीन करोड १६ लाख ३० हजार २५१, नेपाल इन्भेस्टमेन्ट बैंक रु दुई करोड ७१ लाख १० हजार ८२२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्था ३.८८, कञ्चन डेभलपमेन्ट बैंक ३.२८, छ्याङदी हाइड्रोपावर २.१३, सिभिल लघुवित्त वित्तीय संस्था २.०४, शिवम् सिमेन्ट १.९५ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १.८५ प्रतिशतले कमाए । त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ५.७५, दिव्यश्वरी हाइड्रोपावर ५.६६, नेपाल फाइनान्स ५.६३, सेन्ट्रल फाइनान्स ५.२९, ओरियन्टल होटल ४.८६ र मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ४.२२ प्रतिशतले गुमाए । रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: