Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ प्रतिवेदन : ‘एआइजीको प्रतिवेदन खारेज, दिलीपमाथि नै अनुसन्धान’

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा यसअघि बनेको प्रतिवेदन गलत भएको भन्दै प्रहरीले अर्काे प्रतिवेदन बनाएको छ । डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले एआइजी धिरु बस्नेत नेतृत्वको प्रतिवेदन गलत रहेको निष्कर्ष निकालेको छ । नयाँ प्रतिवेदनसँगै पुरानो प्रतिवेदन कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - एआइजी बस्नेत नेतृत्वको प्रतिवेदनले सो घटनामा प्रहरीले प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गर्ने प्रयास गरेको उल्लेख गरेको थियो । जुन प्रतिवेदन तथ्यमा आधारित नरहेको डिआइजी केसी नेतृत्वको समितिले ठहर गरेको छ । पुरानै प्रतिवेदनका आधारमा आठजना प्रहरीविरुद्ध फौजदारी मुद्दा दायर भएको थियो । नयाँ प्रतिवेदनसँगै यो घटनाको अनुसन्धान नयाँ मोडमा पुगेको छ ।

नयाँ प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए । ‘डिएनए परीक्षणमा त्रुटि भएको कुरा आएपछि पहिलाको प्रतिवेदनमा रिभ्यु गर्न कमिटी बनेको थियो,’ डिआइजी क्षेत्रीले भने, ‘अब अन्य कोणबाट पनि अनुसन्धानका लागि कार्य तथा अपराध अनुसन्धान विभागलाई प्रतिवेदन पठाइएको छ ।’ नयाँ प्रतिवेदनमा दिलीपसिंह विष्ट नै अभियुक्त हुने प्रबल सम्भावना रहेको औँल्याइएको छ ।

घटनाको करिब एक महिनापछि पक्राउ परेका विष्ट डिएनए नमिलेपछि छुटेका थिए । राष्ट्रिय मानवअधिकार आयोग तथा डिएनए विज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनए परीक्षण प्रक्रिया नै गलत भएकाले डिएनएबाट अभियुक्त पत्ता नलाग्ने निष्कर्ष निकालेको हो । लामो अनुसन्धानमा अन्य कुनै अभियुक्तको सम्भावना नदेखिएको र परिस्थतिजन्य प्रमाणले दिलीप नै अभियुक्त भएको औँल्याइएको छ । सोही आधारमा पछिल्लो समय प्रहरी अनुसन्धान दिलीपमाथि नै केन्द्रित छ ।

अवकाशअघि दिलीप पक्राउ गर्ने महानिरीक्षकको प्रयास असफल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । त्यसअघि उनले सो घटना सुल्झाउन चाहेका थिए । सबै कोणबाट अनुसन्धान गर्दा दिलीपसिंह विष्ट नै अभियुक्त भएको खुलेको भन्दै उनलाई पक्राउ गर्ने उनको तयारी थियो । तर, गृह मन्त्रालय र महान्यायाधिवक्ता अग्नि खरेलले सहमति नदिएपछि उनी पछि हटेका छन् ।

विष्टलाई पक्राउ गरेर मुद्दा चलाउन उनले आफ्नो सचिवालयका केही प्रहरीलाई कञ्चनपुरमा काज खटाएका थिए । तर, पक्राउको अनुमति नआएपछि उनीहरूसमेत फर्किएका छन् । पहिला प्रमाण नष्ट गरेको र वास्तविक अभियुक्त जोगाउन खोजेको भनेर प्रहरीविरुद्ध मुद्दा दायर भइसकेकाले कानुनी रूपमा फेरि दिलीपलाई नै पक्राउ गरेर मुद्दा दायर गर्न नमिल्ने महान्यायाधिवक्ता खरेलको भनाइ थियो ।

स्रोतका अनुसार प्रहरीविरुद्ध चलेको मुद्दाको अदालतबाट किनारा लागेपछि मात्र दिलीपविरुद्ध मुद्दा लैजाने मिल्ने महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूको तर्क छ । ‘सुरुमै प्रहरीले एकपछि अर्काे गल्ती गर्दै गयो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अहिले आफ्नै गल्ती सुधार्न नसक्ने अवस्थामा प्रहरी नेतृत्व पुगेको छ ।’ प्रहरी नेतृत्व सामूहिक ढंगले चल्न नसक्दा यस्तो समस्यामा प्रहरी परेको गृह मन्त्रालयका अधिकारीको भनाइ छ । यति गम्भीर विषयमा पनि प्रहरी महानिरीक्षक खनालले उच्च अधिकारीसँग छलफल गरेर रणनीति नबनाई दबाबका भरमा निर्णय गर्दै गएका थिए ।

दिलीपविरुद्ध के–के छन् प्रमाण ?
घटनाको डेढ वर्षपछि परिस्थितिजन्य प्रमाण र स्थानीयको भनाइका आधारमा दिलीप नै यो घटनाका अभियुक्त भएको निष्कर्षमा प्रहरी पुगेको छ । उनले प्रहरीसँग गरेको बयान र घटना प्रकृति ठ्याक्कै मिल्ने भएकाले त्यो नै विष्टविरुद्ध सबैभन्दा ठूलो प्रमाण भएको प्रहरी अधिकारीहरूको भनाइ छ । उनले प्रहरीसामु देबे्र हातले घाँटी अठ्याएर आफूले निर्मलाको हत्या गरेको बताएका थिए । रिपोर्टमा देब्रे हात नै प्रयोग भएको आएको थियो । निर्मलाको सुरुवाल फाटेको भनेर उनले बताएका थिए, जुन कुरा प्रहरीको मुचुल्कामा थिएन । तर, निर्मलाकी आमालाई थाहा थियो । निर्मलाको साइकल बिग्रिएपछि बनाइदिने बहानामा आफूले नै खोलापारि लगेर बलात्कार गरेर उखुबारीमा फालेको बताएका थिए ।

उनको भनाइ र घटनास्थलको अवस्था ठ्याक्कै मिलेको थियो । सोही आधारमा निर्मलाकी आमाले उनी नै अभियुक्त भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यस्तै, त्यो दिन विष्टलाई घटनास्थलनजिकै देखेको भनेर दुई स्थानीयले कागज गरिदिएका छन् । घटनापछि तीनजना महिलालाई उनले यौन दुव्र्यवहार गरेको विवरणसमेत प्रहरीले स्थानीयमार्फत संकलन गरिसकेको छ । अर्का एक स्थानीयसँग निर्मलालाई मारेको भनेर स्वीकार गरेको भिडियोसमेत प्रहरीले प्राप्त गरेको छ । त्यस्तै, सिआइबीबाट खटिएका अन्य अनुसन्धान अधिकृतहरूले समेत दिलीप नै अभियुक्त हुने परिस्थिति देखिएको भनेर रिपोर्ट दिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धान प्रतिवेदनमा यी सबै विवरण उल्लेख गरिएको छ ।

दिलीपलाई पक्राउ गर्नकै लागि महानिरीक्षक खनालले गत १९ माघमा पुनरावलोकन समिति गठन गरेका थिए । समितिले शुक्रबार महानिरीक्षक खनाललाई रिपोर्ट बुझाएको हो । समितिमा एसएसपी दीपक थापा, एसपी गोपालचन्द्र भट्टराई, डिएसपीहरू अवदेश विष्ट, गणेशबहादुर श्रेष्ठलगायत थिए । १३ वर्षीया निर्मला पन्तको साथीको घरबाट फर्कदै गर्दै १० साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको थियो ।

यातना दिएर बयान लिएको आरोप
एआइजी बस्नेत नेतृत्वको समितिले प्रहरीलाई यातना दिएर बयान गराएको आरोप लागेको छ । यसअघि हवल्दार धर्मसिंह भाटले दिलीपसिंह विष्टको घरबाट सर्टको गोजी च्यातेर आफूले घटनास्थलमा लगेर फालेको बयान दिएका थिए । आफ्नो अप्रेसन गर्ने वेला भएको, तर नजरबन्दमा राखेर यातना दिएपछि सबै कुरा हो भनेर बयान गर्नुपरेको कागज उनले गरेका छन् । भाट र अर्का हवल्दार धर्मसिंह विष्टले सोही कारण राजीनामा दिएका थिए । अहिले उनीहरूले आफूहरूलाई यातना दिएर झुटो बोल्न लगाएको भनेर कागज गरिदिएका छन् । त्यतिवेला प्रहरीहरूलाई विभिन्न गणभित्र राखेर बयान लिइसकेको थियो । यातना दिएर बयान गराइएको र आफूहरूको कुरा नसुनी हचुवाका भरमा रिपोर्ट दिएको ती प्रहरीहरूको दाबी छ । सबै घटनामा भौतिक प्रमाण हुँदैन । धेरैजसो घटनामा परिस्थितिजन्य प्रमाण र अभियुक्तको बयानलाई नै आधार मानेर मुद्दा दायर हुने गरेको छ ।

के छ नयाँ प्रतिवेदनमा ?
नयाँ प्रतिवेदनमा विगतका प्रतिवेदनले द्विविधा उत्पन्न गरेको र नयाँ तथ्य प्रकाशमा आएकाले घटनाको सन्दर्भमा निश्चित सांगठनिक धारणा बनाउन आवश्यक भएकाले पुनरावलोकन समिति बनेको उल्लेख छ । यो समितिले एआइजी नेतृत्वको समितिका १३ वटा त्रुटि औँल्याएको छ । तत्कालीन अनुसन्धानलाई नजरअन्दाज गरेर महŒवपूर्ण उपलब्धिलाई अमान्य घोषित गरेको तथा अनुसन्धानको प्रगतिलाई शून्य घोषित गरेको उल्लेख छ ।

सम्भावित आरोपितलाई यातना दिई साविती बयान गराएको, प्रमाण नष्ट गरेको, नक्कली प्रमाण खडा गरेको भन्ने मान्यताबाट निर्देशित रही अनुसन्धान गरेको निष्कर्ष निकालिएको छ । अनुसन्धानमा आबद्ध प्रहरीलाई दबाब दिएर बयान गराएको, मिडिया र आन्दोलनको दबाबका भरमा प्रमाण संकलनलाई शून्य घोषित गरेको, अन्य प्रतिवेदन र बयानलाई मात्र अनुसन्धानको आधार बनाएको, पछि भेटिएको सर्टको टुक्रालाई प्रमाणका रूपमा अस्वीकार गरेको, दिलीपसिंह विष्टको चालचलन, पृष्ठभूमि, भिडियो बयानलाई नजरअन्दाज गरिएको पुनरावलोकन प्रतिवेदनमा उल्लेख छ । प्रहरी जवान चाँदनी साउदले गरेको बयानमा पोलिग्राफ परीक्षणमा झुटो बोलेको नदेखिएको, तर पूर्वमानसिकतालाई पुष्टि गर्ने प्रकारका प्रमाणलाई मात्र स्वीकार गरिएको उल्लेख छ ।

प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘स्थानीयस्तरमा देखिएको विषय परिस्थिति र उल्लेखित घटनाको अनुसन्धान स्वाभाविक निष्कर्षमा पुग्न नसकी अन्योल बढ्दै गएका कारण देशैभर विकसित हुँदै गइरहेको प्रहरी र सरकार विरोधी नकारात्मक धारणा आदिले तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतज्यूको अध्यक्षतामा गठित छानबिन समितिसमेत प्रभावित हुन पुग्यो ।

छानबिन समिति मुख्य गरी बयानमै मात्र आधारित हुनु, अफवाहका आधारमा आफ्ना धारणा बनाएका व्यक्तिहरूको बयानमा स्वाभाविक रूपमा अनुसन्धानका त्रुटि औँल्याइएकाले छानबिन समितिले सोही आधारमा आफ्नो धारणा बनाई निष्कर्षमा पुग्नु र मुख्य गरी जनस्तरमा फैलाइएका अफवाह र अनुसन्धान समूहको विरुद्ध गरिएका नकारात्मक टिप्पणीबाट प्रभावित वा दिग्भ्रमित भई आफ्नो सम्पूर्ण छानबिनलाई सोही दिशातर्फ निर्देशित गर्नुलगायतका कारणले सो छानबिन समितिको प्रतिवेदन यथार्थपरक हुन नसकेको’ उल्लेख छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE