काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा घोषणा गरेको स्ववियु चुनाव अनिश्चित भएको छ । तयारीका लागि करिब एक महिना लाग्ने र चैत पहिलो सातादेखि परीक्षाको तालिका रहेका कारण चुनाव अनिश्चित बनेको हो । विद्यार्थीको आग्रहमा फागुनभित्र स्ववियु चुनाव गर्न त्रिवि सहमत भए पनि ठूला संगठन एक नहुँदा समस्या भएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ- स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका संयोजक तथा कामु रेक्टर प्रा।डा। शिवलाल भुसालले विद्यार्थी संगठन एकमत नहुँदा समस्या भएको बताए । उनले भने, ‘१४ फागुनको मिति टरिसकेको छ, उहाँहरू (विद्यार्थी संगठन) को आग्रहमा फागुन अन्तिमसम्म पनि चुनाव गर्न तयार भएका हौँ, त्यो पनि अनिश्चित हुने भयो ।’ चैत पहिलो सातादेखि त्रिविको परीक्षाको तालिका छ ।
चुनावको व्यग्र प्रतीक्षामा छौँ : ऐन महर, अध्यक्ष, अनेरास्ववियु
स्ववियु चुनाव हुनुपर्छ र हामी गराउने अभियानमा छौँ । विद्यार्थी संगठनहरू स्ववियु चुनावको व्यग्र प्रतीक्षामा छन् । १४ फागुनमा हुने घोषणा भए पनि अब सम्भव भएन । स्ववियु चुनाव ०७५ मै हुनुपर्ने थियो । त्रिविको तयारी गरे पनि सफल भएन । एक वर्ष ढिला भए पनि यो वर्ष चुनाव हुनैपर्छ । नेविसंघ स्ववियु चुनावमा लाग्ने संगठन हो । सो संगठनले भर्खरै नेतृत्व पाएको छ । नेविसंघ चुनावमा जान तयार भएकाले समय दिनुपर्यो भन्ने छ । केही ढिला भए पनि चुनाव हुन्छ ।
पहिले रेक्टर नियुक्त हुनुपर्छ : राजीव ढुंगाना, अध्यक्ष, नेविसंघ
हामी स्ववियु चुनावका लागि तयार छौँ । तर, त्रिविको चुनाव गर्ने नियत देखिएको छैन । केन्द्रीय निर्वाचन समितिको अध्यक्ष रेक्टर हुने व्यवस्था छ । तर, कामुले चलाएर रेक्टर ल्याउन खोज्नुभएको छैन । मूल जिम्मेवारी लिने व्यक्ति नै नियुक्त भएको छैन । पहिले रेक्टर नियुक्त हुनुपर्छ । रेक्टरले बोलाएको बैठकमा कार्यतालिका प्रस्ताव गरी निर्णयमा पुग्नुपर्छ । तर, त्रिविले गलत प्रचार गरिरहेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: