Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

सरकारी जग्गामा भवन बनाएर भाडा उठाउँदै सञ्चालक

ललितपुर । महानगर–१५ सातदोबाटोस्थित दिपावली पुस्तकालयका सञ्चालक राजेन्द्र खड्गी र स्थानीय दिलबहादुर खड्गीले अदालतको आदेशविपरीत नक्सा पासविनै सार्वजनिकस्थलमा भवन बनाएर भाडामा लगाएका छन् । उनीहरूले डेढ वर्षअघि पुस्तकालयको तीनतले पुरानो भवन भत्काएर करिब ८ आना सार्वजनिक जग्गामा नयाँ संरचना बनाएका हुन् । नयाँ भवनमा ७ वटा सटर छन् । उनीहरूले एक वर्षदेखि प्रतिसटर ३० हजारका दरले भाडामा लगाएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - पुस्तकालयको नाममा सार्वजनिक जग्गा व्यक्तिले कब्जा जमाएको भन्दै ०७३ सालमा स्थानीय मधुकुमार चालिसेसहितले उच्च अदालत पाटनमा रिट दिएका थिए । १२ चैत ०७३ मा मुद्दाको सुनुवाइ गर्दै अदालतले सार्वजनिक जग्गामा रहेको भवनको दायाँबायाँ कुनै पनि संरचना नबनाउन पुस्तकालय र ललितपुर महानगरपालिकालाई आदेश दियो । तर, साबिकको तीन तले पुस्तकालय भवन भत्काएर राजेन्द्र खड्गी र दिलबहादुर खड्गीले नयाँ संरचना बनाएका हुन् । नयाँ संरचना बनाउँदा सडकको डेढ मिटर जग्गासमेत कब्जा गरेको स्रोतको भनाइ छ ।

सञ्चालक खड्गीले भने अदालतकै आदेशअनुसार काम गरेको दाबी गरे । उच्च अदालतले भवनको दायाँबायाँ संरचना नबनाउन भनेको र सोहीअनुसार गरेको उनले दाबी गरे । उनले भने, ‘साबिकको पुस्तकालय भवन मर्मत मात्र गरेको हो । हामीले नयाँ संरचना बनाएर जग्गा मिचेका छैनौँ ।’ तर, उच्च अदालतको फैसलामा सार्वजनिक जग्गामा नयाँ संरचना निर्माण वा मर्मत गर्न नक्सा पास हुनुपर्ने र सरकारबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । महानगरले भने बुझाइ फरक हुँदा समस्या भएको जनाएको छ ।

महानगरपालिकाका कानुन महाशाखाका प्रमुख खगेन्द्रप्रसाद वस्तीका अनुसार अदालतको आदेशअनुसार नै भवनको नक्सा पास नगरेको हो । उनले भने,‘विवाद उत्पन्न भएपछि महानगरको इजलासअनुसार अनुगमन गरेका छौँ । केही समयपछि प्रतिवेदन पेस हुन्छ । मेयरको इजलासले संरचनाको विषयमा निर्णय गर्छ ।’ पञ्चायतकालमै स्थापना भएको यस पुस्तकालयको करिब एक रोपनी सार्वजनिक जग्गा थियो । त्यसवेला पनि राजेन्द्र खड्कीले कुनै कानुनी प्रक्रिया पूरा नगरी तीनतले भवन निर्माण गरेका थिए ।

अहिले पनि भवन निर्माण गर्दा नगरपालिकाबाट नक्सा पास नगरेको, निर्माण सम्पन्न प्रमाणपत्र नलिएको, विनाटेन्डर बहालमा लगाएको, पुरानो इँटा, झ्याल, डन्डी बिक्री गरी हिसाब नदेखाएको, लेखा परीक्षण नगरेको, कर नतिरेको जस्ता स्थानीयका आरोप छन् । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेका अनुसार उच्च अदालतको फैसला कार्यान्वयन गराउन महानगर र वडामा पत्राचार भइसकेको छ । सार्वजनिक जग्गा कब्जा गरी बनाइएको संरचना छिट्टै भत्काउने उनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE