Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

ललिता निवास जग्गा प्रकरण : लालपुर्जामा फोटो टाँस्‍नेहरू उम्कन खोज्दै

काठमाडौँ । मालपोत विभागका महानिर्देशक मुकुन्दप्रसाद आचार्यले २०४९ सालमा आफ्ना ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीलाई कार्यकक्षमा बोलाए । कार्यालयमा प्रवेश गरेर बसेपछि आचार्यले ज्वाइँतिर केही कागजात तेर्स्याए र एउटा ठाउँमा बूढीऔंठाले देखाई सही गर्न भने । के कागज हो ? कस्तो हो ? ससुराले किन सही गर्न भनेका हुन् ? ज्वाइँ वैकुण्ठ अलमलमा परे ।

आजको कान्तिपुर दैनिकमा खबर छ - ‘आफ्नै ससुराको विश्वास छैन र ?’ महानिर्देशक जंगिए । ससुराले भनेको ठाउँमा सही गरेर वैकुण्ठ फर्किए । ‘मैले ललिता निवास क्याम्पभित्रको जग्गा किनेको छैन । ससुराले बोलाएर जंगिएपछि सही गरेर फर्किएको हुँ । २० र २५ वर्षपछि आज जग्गाको खास कुरा र कारोबार थाहा पाएँ,’ दिवंगत भइसकेका आफ्ना ससुराविरुद्ध अख्तियारमा बयान दिन बाध्य भएका वैकुण्ठले भनेका छन्, ‘मलाई दस्तखत गराउने र पदको दुरुपयोग गर्ने काम उहाँको हो । यस सम्बन्धमा मलाई केही जानकारी छैन ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ससुरा र ज्वाइँ दुवैलाई मुद्दा चलाएको छ ।

सरकारले अधिग्रहण गरेको जग्गा तत्कालीन मालपोत र त्यसका कर्मचारीले चलखेल गरी २०४९ सालमा राणा परिवारलाई फिर्ता गराएका थिए । ११४ रोपनी जग्गा फिर्ता गर्ने क्रममा संलग्न कर्मचारीले ‘पञ्चायतकालमा जफत गरिएकाले फिर्ता भएको’ व्यहोरा तयार पारे भने अरू प्रभावशाली कर्मचारीले बाहिर बसेर चलखेल गरे । फिर्ता भएपछि राणा परिवारले केही जग्गा घूसस्वरूप कर्मचारीका आफन्तका नाममा बकस गरे । अहिले फन्दामा परेपछि लालपुर्जामा फोटो टाँस्नेहरू अनेक बयान गरेर उम्किने प्रयासमा छन् । अख्तियारले ७५ लाखदेखि १३ करोड रुपैयाँसम्म बिगो मागदाबी गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE