Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

पूर्वसचिवका पत्नी मुनाको निर्मम हत्या

काठमाडौं । कुनै–कुनै हत्याका घटना सुन्नेलाई नै पीडादायी हुन्छन् । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको सोमबार त्यस्तै निर्मम हत्या भएको छ । घटनामा घरायसी कामदार विजय चौधरी संलग्न रहेको सीसीटीभी फुटेजका आधारमा प्रहरी निचोडमा पुगेको छ ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - घरमा दुई जना मात्र भएका बेलाको उक्त घटनामा विजय पनि नाइलनको डोरी घाँटीमा बाँधिएको अवस्थामा मृत फेला परेका छन् । आत्महत्याको अनुमान गरिए पनि उनले आफैं पासो लगाएको भने सीसीटीभी फुटेजमा नदेखिएको प्रहरीले जनाएको छ ।

ललितपुर सानेपास्थित घरमै मुनालाई प्लास्टिकको पिर्काले हिर्काएर चौधरीले हत्या गरेको प्रहरीले जनाएको छ । ‘बिहान १० बजेर २० मिनेटतिर विजयले मुनालाई घाँटीमा डोरीले बाँधेर भुइँमा बजारेको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘मुना भुइँमा लडेपछि कपाल समाती टाउको बजारेर प्लास्टिकको पिर्काले हिर्काएको देखिन्छ ।’ उनको घरमा सुत्ने कोठा र बाथरुमबाहेक अन्यत्र सीसीटीभी छ । प्रहरीले अर्जुनका भनाइ, घरमा काम गर्ने अन्य कामदार र सीसीटीभीलाई आधार बनाएर अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

दुई छोरी र एक छोराकी आमा मुनाको हत्या के कारणले गरियो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । पूर्वसचिव कार्की बिहानै पशुपतिनाथ मन्दिर गएका थिए । फर्किएपछि घटना थाहा पाएको उनले आफन्त र प्रहरीसँग बताएका छन् ।

अर्जुनका अनुसार मुना अचेत अवस्थामा लडिरहेकी थिइन् । उनले तत्काल प्रहरीमा खबर गरे । प्रहरी घटनास्थल पुगेपछि मुनालाई ललितपुर सानेपास्थित स्टार अस्पताल लगिएको थियो । तर, मुनाको मृत्यु भएको थियो ।

प्रहरी घटनास्थलमा पुग्दा मुना भान्साकोठामा रगताम्य भएर लडिरहेकी थिइन् । विजय नाइलनको डोरीले पासो लगाएको अवस्थामा डाइनिङ टेबलमा लडिरहेका थिए । घटना हुँदा कार्की दम्पतीका १२ वर्षीय छोरा विद्यालय गइसकेका थिए । घरमा कामदार रहेकी महिला छोरालाई स्कुल पुर्‍याउन गएकी थिइन् ।

महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर प्रहरी परिसरले संयुक्त रूपमा अनुसन्धान थालेका छन् । ललितपुर परिसर प्रमुख एसएसपी टेक राईले घटनास्थलमा भएका सीसीटीभीलाई आधार बनाउँदा विजयले मुनाको हत्या गरेको देखिएको बताए । ‘विजयले मुनामाथि गरेको सांघातिक आक्रमण सीसीटीभीबाट देखिए पनि आफूले पासो लगाएको देखिँदैन’, एसएसपी राईले भने, ‘हामी अनुसन्धानमै छौं ।’ पोस्टमार्टम रिपोर्ट आएपछि रहस्य खुल्ने उनले बताए ।

घटनास्थलमा खटिएका महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले मुनाको हत्या कामदार विजयले गराएको सीसीटीभीबाटै पुष्टि भएको बताए । ‘मुनाको हत्या विजयले गरेकामा दुईमत रहेन’, एसपी सिंहले भने, ‘तर, किन हत्या गर्‍यो भनेर हामी अनुसन्धानमै छौं ।’ मुना र विजयको शव पोस्टमार्टमका लागि प्रहरीले पाटन अस्पतालमा लगेको छ ।

‘चौधरी परिवारकै प्रिय थियो’

म पशुपतिनाथको दर्शन गर्न बिहानै निस्किएको थिएँ । उनी (मुना कार्की) घरमै यताउता गर्न थालिन् । त्यसैले म मात्रै मन्दिर गएँ । तर, पशुपतिबाट फर्किंदासम्म यस्तो घटना भयो । म उता भगवान्को पूजा गर्न जाने, घरमा यस्तो नराम्रो घटना हुने ? यस्तरी मार्दा कति पीडा भयो होला ? कति चिच्याइन् होला ? कति दुख्यो होला ?

म घर आउँदा गेट बन्द थियो । बोलाएँ, बोलिनन् । गेट खोलेर भित्र छिरें । टेबलमा विजय (विजय चौधरी) पछारिएको थियो । भान्सामा छिरें । रगतमा लतपतिएको देखें । मैले केही सोच्न सकिनँ । प्रहरीलाई सम्झें, फोन गरेर बोलाएँ । पापीलाई सानैदेखि पालेर राखेको थिएँ । यस्तो घटना भयो । यस्तो आपत्ति आइलाग्यो, कसरी सम्हालिन सक्छु ? मुनाको हात बाँधिएको थियो । घाँटीमा डोरीले कसेर मारेजस्तो देखिन्छ । डाइनिङ हलमा भएको एउटा मेच भाँचिएको र प्लास्टिकको पिर्का टुक्राटुक्रा भएको देखें । त्यति गर्दासम्म उनले किन प्रतिकार गर्न सकिनन् ? अचम्म लागिरहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE