काठमाडौँ । गैरकानुनी रूपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानुनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी (एफडीआई) ल्याइएको भेट्टाएको हो ।
आजको कान्तिपुर दैनिकमा खबर छ - यो रकम हालको विनिमय दरअनुसार ११ अर्ब २३ करोड ९४ लाख १३ हजार ७ सय रुपैयाँ हुन आउँछ ।
‘खासमा हामीले उद्योग विभागबाट विदेशी लगानी स्वीकृति हुनुपूर्वको प्रत्यक्ष विदेशी लगानीको विवरण माग्दै सूचना जारी गरेका थियौं,’ अध्ययन कार्यमा संलग्न एक अधिकारीले भने, ‘तर, स्रोत नखुलेको र उद्योगमा विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको विकास भएपछि पनि गैरकानुनी रूपमा लगानी ल्याइएका निवेदन प्राप्त भएका छन् ।’
स्रोत नखुलेको त्यस्तो रकम सबैभन्दा बढी नेपालमा भित्र्याउनेमा व्यवसायी अजेयराज सुमार्गी रहेको ती अधिकारीले बताए । सुमार्गीले कानुनी प्रक्रिया पूरा नगरी ट्याक्स हेवन (कर र स्रोत खोजी नहुने) मुलुकबाट नेपालस्थित सरकारी निकायसँग अनुमति नलिई लगानी भित्र्याएको भन्दै अध्ययन समितिमा निवेदन पेस गरेका छन् । ‘करिब १० अर्ब रुपैयाँ उनकै हो,’ ती अधिकारीले भने, ‘बाँकी करिब एक अर्ब रुपैयाँ अन्य २६ कम्पनीको हो । उनीहरूले पनि कानुनी प्रक्रिया पूरा गरेको देखिँदैन ।’
विदेशी लगानी स्वीकृतिको कानुनी र संस्थागत संरचना बन्नुपूर्वको समयमा भित्रिएको लगानी संकलन गर्ने र त्यसको लेखांकन गर्ने मनसायले अध्ययन गर्न समितिलाई जिम्मा दिइएको थियो । गत कात्तिक १६ मा उद्योगमन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड बैठकले समितिलाई जिम्मा दिएको हो । तर सुमार्गीसहितका अन्य स्रोत नखुलेका निवेदन परेपछि यस विषयमा के गर्ने भन्ने बोर्डलाई अप्ठ्यारो परेको छ । ‘कानुन बनिसकेपछि त्यसमाथि स्रोत नखुलाई ल्याइएको लगानीका विषयमा बोर्डले निर्णय गर्दैन, किनकि त्यस्ता लगानी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ,’ ती अधिकारीले भने, ‘त्यसमध्येको सबैभन्दा ठूलो सुमार्गीको लगानीसमेत निवेदनका रूपमा आएपछि बोर्ड बैठकमा एजेन्डा बनाउने कि नबनाउने भन्नेबारे अन्योल भएको छ ।’
आगामी बोर्ड बैठकमा उक्त गैरकानुनी लगानीको संकलित विवरण पेस गर्ने तयारीमा उद्योग विभाग र राष्ट्र बैंकका अधिकारी छन् । कानुनी एवं संस्थागत संरचना बन्नुअघि भित्रिएको विदेशी लगानीको संख्या र रकम दुवै निकै कम छ । ‘उनीहरूले नेपालमा यति विदेशी लगानी गरेका छन् भन्ने लेखांकन भने गर्न सकिन्छ,’ ती अधिकारीले भने, ‘तर सुमार्गी र उनकै जस्तो प्रकृतिको लेखांकन गरे समस्या हुनेछ ।’
सम्पत्ति शुद्धीकरणको विस्तृत छानबिनमा परेका सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याएका हुन् । उनले ठूलो मात्रामा नेपालका कुनै पनि निकायबाट अनुमति नलिई एफडीआई भित्र्याएको विवरण यसअघि सार्वजनिक भएको थियो । सुमार्गी आफैंले पनि त्यो स्विकार्दै निवेदन दिएका हुन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: