काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेका छन्। गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घण्टाजति छलफल गरेका हुन्। आइतबार बिहानदेखि सामान्य बिरामी भएका कारण प्रधानमन्त्री ओली पार्टीको सचिवालय बैठक र ‘सगरमाथा संवाद’ उद्घाटन कार्यक्रममा सहभागी हुन सकेका थिएनन् तर अपराह्न राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा थोरै समय सहभागी भएका थिए। सोही कार्यक्रमपछि बालुवाटार पुगेका ओलीले गौतमलाई बोलाएर पार्टी उपाध्यक्ष बनेकोमा बधाई दिँदै मिठाईसमेत खुवाए।
आजको नागरिक दैनिकमा खबर छ - प्रधानमन्त्री ओलीले भेटमा गौतमलाई २ नं। प्रदेशमा भएको पार्टी विवाद मिलाउनसमेत निर्देशन दिएका थिए। उनले पार्टीको जिम्मेवार तहमा रहेको तथा संगठन विभाग प्रमुख पनि भएको हैसियतले पार्टीभित्र देखिएका विवाद साम्य पार्ने दायित्व गौतमको भएको बताएको स्रोतले जनाएको छ।
‘प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिरामी भएकाले सार्वजनिक कार्यक्रम सबै रद्द गरिएका थिए अपराह्न भने राष्ट्रिय योजना आयोगले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो’, बालुवाटार निकट स्रोतले भन्यो, ‘बेलुकी उपाध्यक्ष गौतमसँग बस्नुभयो र पार्टीका विविध विषयमा कुराकानी भयो।’ शनिबार नियमित डायलाइसिस गरेका ओली आइतबार दिनभर टाउको दुख्यो भनी निवासमै बसेका थिए। केही दिनको दौडधुपले थकाएपछि प्रधानमन्त्रीले आइतबारका लागि तय भएका सबै कार्यक्रम स्थगित गरेका थिए।
पुस २३ गते गौतम निवासमा जम्मा भएका नेकपा शीर्ष नेताहरुको भेलाले ओलीलाई पार्टीभित्र निकै असहज बनाएको थियो। त्यसयता ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग पनि छुट्टाछुट्टै भेटघाट गरेका थिए। त्यसपछि ओलीले नेकपाका उपाध्यक्ष गौतमसँग भेट गरी पार्टी सञ्चालनका विषयमा छलफल गरेका हुन्। ‘ओलीले गौतमलाई एक्लै भेटेर सम्बन्ध कसिलो बनाउने कोसिस गरेको देखिन्छ ’, नेकपाका एक नेताले भने, ‘ओलीले नेताहरुसँग एक्लाएक्लै भेटेर सम्बन्ध सुधार्न खोजेको हुन सक्छ।’
गौतमले प्रदेश २ मा रहेको पार्टीको आन्तरिक विवाद मिलाउने जिम्मेवारीसमेत पाएका छन्। प्रदेश २ को पार्टी विवाद मिलाउन नेकपा स्थायी कमिटीले संगठन विभागलाई जिम्मा दिइसकेको छ। २० माघमा बसेको विभागको बैठकले प्रमुख र एक सदस्य मधेस जाने र पार्टी विवाद समाधान नगरी काठमाडौं नफर्किने निर्णय लिएको थियो। गौतमले मधेसको पार्टी समस्याका विषयमा आइतबार पनि विभागकै सदस्यद्वय अष्टलक्ष्मी शाक्य र मात्रिका यादव तथा नेता रघुविर महासेठसँग सामूहिक छलफल गरेका थिए। त्यसपछि उनी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको उनी निकट स्रोतले जनाएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: