Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

तरकारीमा विषादी बढ्यो, घिउसिमी र काउलीमा अत्याधिक बढी

काठमाडौं । देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो सात महिनामा कालीमाटी बजारमा भित्रिएको तरकारीको नमुना परीक्षण गर्दा विषादीको प्रयोग बढेको पाइएको हो ।

आजको गोरखापत्र दैनिकमा खबर छ - सो एकाइका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक हजार ४०२ वटा नमुना परीक्षण गरिएकोमा १२ वटा नमुनामा खानै नहुने विषादीको मात्रा भेटियो भने तीनवटा आठ/दस दिन पर्खेर खान मिल्ने पाइयो । सो एकाइका अनुसार आव २०७५/७६ मा तीन हजार १२४ वटा नमुना परीक्षण गरेकोमा दुईवटा खाना नहुने र दुईवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए भने आव २०७४/७५ मा एक हजार ८५० वटा नमुना परीक्षण गरेकोमा तीनवटामा खान नहुने र एउटा केही दिन पर्खेर खानुपर्ने भेटिएको थियो ।
यस्तै आव २०७३/७४ मा एक हजार ९३० वटा नमुना परीक्षण गर्दा २२ वटा खान नहुने र पाँचवटा केही दिन पर्खेर खानुपर्ने पाइएका थिए भने आव २०७२/७३ एक हजार ९३६ वटा नमुनामा १० वटा खाना नहुने र आठवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए । त्यसैगरी, आव २०७१/७२ मा एक हजार ५७० वटा नमुनामा चारवटा खान नहुने र १५ वटा केही दिन पर्खेर खानपर्ने भेटिएका थिए ।

घिउसिमी र काउलीमा बढी
एकाइका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले पछिल्लो सात महिनामा परीक्षण गरेका तरकारीका नमुना घिउसिमीमै पटकपटक खान नहुने विषादीको प्रयोग भएको पाइएको जानकारी दिनुभयो । उहाँले यस वर्ष परीक्षण गरिएका तरकारीका नमुनामा खान नहुने विषादी प्रयोग हुनेमा सबैभन्दा बढी (चारवटा)सिमी र दुईवटा काउलीका नमुनामा भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार अधिक विषादी भेटिएका सिमीका नमुनामध्ये एउटा भारतबाट आएको र तीनवटा झापा, काभ्रे र सल्र्लाहीमा उत्पादन भएका थिए । यस्तै काउली धादिङ र बारामा उत्पादन भएका थिए ।

यस्तै, खाना नहुने विषादी प्रयोग भएका भारतबाट आएको एउटा केरा, सिन्धुपाल्चोकको गोलभेँडामा पनि खान नहुने विषादी प्रयोग भएको पाइएको सो एकाइले जनाएको छ । अघिल्ला वर्षमा गोलभेँडामा बढी विषादी भेटिने गरेकोमा यस वर्ष खान नमिल्ने र पर्खेर खानुपर्ने दुवैमा घिउसिमी बढी भएको उहाँको भनाइ छ ।
उहाँका अनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा माथि भएमा त्यसलाई खान हुँदैन तुरुन्त नष्ट गर्नुपर्छ भने विषादीको रोकावट दर ३५ भन्दा माथि र ४५ भन्दा कम छ भने त्यसलाई आठ÷दस दिन पर्खेर मात्र खान सकिन्छ । यस्तै विषादीको रोकावट दर ३५ सम्म छ भने उपभोग गर्न सकिन्छ ।
बाली संरक्षण अधिकृत घिमिरेले कालीमाटीमा प्रयोगशाला स्थापना भएसँगै क्रमशः तरकारीमा प्रयोग गरिने विषादीमा सुधार देखिएको भए पनि यस वर्ष नपत्याउने गरी बढेको तथ्यले नै प्रमाणित गरेको बताउनुभयो । उहाँको अनुभवमा कुनै बेला तरकारीको नमुना लिएकामध्ये ९० प्रतिशतसम्म विषादी भेटिने गरेकोमा अहिले त्यो अवस्था छैन तर यस वर्ष विषादीको प्रयोग नपत्याउने गरी बढेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE