Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

५५ हजार बालबालिका घरेलु मजदुर

काठमाडौं । पूर्वसचिव कार्कीको घरमा भएको जघन्य अपराधमा संलग्नप्रति सहानुभूति देखाउन सकिँदैन, तर, गैरकानुनी रूपमा बालबालिकालाई घरेलु मजदुर राख्ने मालिकले कुटपिट मात्र होइन, श्रम शोषण र यौन उत्पीडन गरेका अनेक घटना प्रहरीमा छन् ।

घटना १

दाइजोमा कामदार, साला–भिनाजुबाटै बलात्कार

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ललितपुर सातदोबाटोका भरत कार्कीको मोरङकी युवतीसँग विवाह भयो । ससुराली खानदानी थिए, घरेलु कामदारका रूपमा १४ वर्षीया बालिका पनि दाइजोमा दिए । सातदोबाटोको आलिसान महलमा भरत, उनीकी पत्नी र सालो उमेश खत्री बस्थे । बालिकालाई स्थानीय सामुदायिक विद्यालयमा भर्ना गरिएको थियो । बिहान–बेलुका घरको सबै काम गर्थिन् । बस्नका लागि छुट्टै कोठा थियो ।

ललितपुर आएको ६ महिनासम्म सबै ठिकै थियो, त्यसपछि भने बालिकामाथि २४ वर्षीय उमेशको कुदृष्टि पर्‍यो । राति सबै निदाएपछि बालिकाको कोठामा पसेर दुव्र्यवहार गर्न थाले । सुरु–सुरुमा बालिका चिच्याउने डरले संवेदनशील अंगमा छुने, चलाउने गर्थे । पछि त मुख थुनेर बलात्कार नै गर्न थाले । उनको यो ज्यादती करिब डेढ वर्षसम्म चल्यो । यो घटना थाहा पाएपछि भरतले पनि बालिकालाई यौन शोषण गर्न थाले । दुई वर्षअघि बालिकाले स्कुलका साथीहरूलाई पीडा सुनाएपछि यो घटना बाहिर आयो । बालअधिकारसम्बन्धी काम गर्ने संस्था सिविसको पहलमा प्रहरीले साला–भिना दुवैलाई पक्राउ गरेर मुद्दा चलायो । अदालतले उनीहरूलाई ६–६ वर्ष कैद र २५–२५ हजार जरिवानाको सजाय सुनाएको छ ।

घटना २

प्रेमिकाको फ्ल्याटमा गएर कामदार बालिका बलात्कार
काठमाडौंको बुद्धनगरमा डेरा बस्ने रीता (नाम परिवर्तन)ले घरेलु कामदारका रूपमा कैलालीकी १३ वर्षीया बालिकालाई ल्याइन् । श्रीमान्सँग छुट्टिएर एक्लै बस्ने रीताकी तीन वर्षकी छोरी थिइन् । बालिकाको काम छोरी स्याहार्ने थियो । नजिकैको सामुदायिक विद्यालयमा भर्ना पनि गरिदिएकी थिइन् । फुर्सदमा बालिका पढ्न जान्थिन् । रीताको फ्ल्याटमा सेनाका तत्कालीन मेजर प्रभावविक्रम शाह आउजाउ गर्थे । दिउँसो आएको वेला फर्किन्थे, राति आउँदा त्यहीँ बस्थे । रीताले बालिका सुत्ने व्यवस्था आफ्नै कोठामा गरेकी थिइन् ।

मेजर आउँदा भने बालिका भान्सा सुत्न जान्थिन् । राति रीता निदाएपछि मेजर सुटुक्क भान्सामा गएर बालिकालाई जबरजस्ति गर्न खोज्थे । बालिका चिच्याउन खोज्दा मुख थुनिदिन्थे । मेजरबाट यो कार्य नियमित हुनथाल्यो । पछिल्ला दिनमा त रीताकै सामुन्ने पनि बालिकालाई दुव्र्यवहार गर्न थाले । रीता भने देखेको नदेखेझै गर्न थालिन् । बालिकासँग पीडा सहनुको बिकल्प थिएन । ०७५ पुसमा बालिकाले स्कुलमा साथीहरूलाई पीडा सुनाएपछि घटना बाहिर आयो । प्रहरीले मेजरलाई पक्राउ गरि मुद्दा चलायो । अदालतले उनलाई कारागार चलान गरेको छ ।

घटना ३

अभिभावकलाई भेट्न नदिएर बालिकालाई बलात्कार
रेडियो नेपालका पुर्व कर्मचारी रमेशजंग कार्कीले हेटौडाको विपन्न परिवारकी १२ बर्षीय बालिकालाई काठमाडौं ल्याएर घरेलु कामदार बनाए । तीन बर्षसम्म बालिकालाई अभिभावकसँग भेट्न समेत दिएनन् । जागिरबाट अवकास पाइसकेका कार्की प्रायः घरमै रहन्थे । दिउँसो उनकी पत्नी बाहिर निस्कन्थिन । त्यही मौका छोपेर कार्की बालिकालाई बलात्कार गर्थे । अति भएपछि बालिकाले एक बर्षअघि स्कुलका साथीहरूलाई पीडा सुनाइन । प्रहरीले कार्कीलाई पक्राउ गरि अनुसन्धान गर्दा झण्डै एक बर्षसम्म उनले बालिकालाई नियमित बलात्कार गरेको खुल्यो । अदालतले उनलाई दश दिन कैद, १० हजार जरिवाना र २५ हजार क्षतिपुर्तीको सजाय सुनायो ।

घटना ४

अभिभावकलाई भेट्न नदिएर बालिकालाई बलात्कार
काठमाडौंको बसुन्धारा निवासी सुमित मैनालीले दोलखा भिमेश्वर नगरपालिका–१ सुस्पा क्षमावतीकी २१ बर्षीय सुनिता थामीलाई चार बर्षदेखि घरेलु कामदारका रूपमा राखेका थिए । सुनिताको कामबाट मैनाली परिवार सन्तुष्ट नै थियो । गत ११ जेठको बिहान सुमित घरबाट मर्निङ वाकमा निस्किए । परिवारका अन्य सदस्य घरमै थिए । निक्कै बेरसम्म नदेखिएपछि सुनिताको खोजी भयो । सुमितकी श्रीमति कौशीमा पुग्दा पानी ट्यांकीको रडमा सुनिता झुण्डिएको अवस्थामा देखिन । शिक्षण अस्पतालमा पोष्टमार्टम गर्दा आत्महत्या भएको रिपोर्ट आयो । सुमितले सुनिताको परिवारलाई १५ लाख क्षतिपुर्ती दिएपछि घटना मिलापत्रमा टुंगिएको छ । तर, उनले आत्महत्या किन गरिन्, रहस्य अझै खुल्न सकेको छैन ।

घरेलु मजदुरमाथि भएका दुव्र्यवहार र हिंसाका यि प्रतिनीधि घटना मात्रै हुन् । राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांकअनुसार आर्थिक बर्ष ०७५र७६ मा मात्रै बालबालिकामाथि एक हजार ८ हिंसाका घटना भए । त्यसमध्ये एक सय १२ घटना घरेलु मजदुरमाथि भएका हिंसाका छन् । ६ बालिका त मालिकबाटै बलात्कृत भए । यो तथ्यांक सञ्चार माध्याममा आएका ठुला घटनालाई समेटेर मात्रै तयार पारिएकाले घरेलु कामदारमाथि हुने हिंसाका घट्ना अझ धेरै छन् ।

‘शहरका प्रत्येक पाँच घरमध्ये एकमा घरेलु मजदुर छन् । त्यसमा पनि अधिकांश बालमजदुर छन् । उनीहरू माथि कुनै न कुनै खालका हिंसा हुने गर्छ । हामीले अध्ययन गरेको त संचार माध्यममा आएका ठुला घट्ना मात्रै हुन् । त्यसैले घरेलु कामदारको संख्या र उनीहरूमाथि हुने हिंसाका घटनाको संख्या अझ धेरै छन्,’ परिषद्का प्रशासकीय अधिकृत कृष्ण भुसालले नयाँ पत्रिकासँग भने । उनका अनुसार महिला कामदारमाथि यौन हिंसाका घटना धेरै भएका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार देशभर ५५ हजार ६५५ बालबालिका घरेलु मजदुर छन् । जबकि, कानुनले बालश्रम निषेध गरेको छ । बाल श्रम निषेधित र नियमित गर्ने ऐन–०५६ ले १४ देखि १८ बर्षसम्मका बालबालिकालाई जोखिमपुर्ण काममा लगाउन बन्देज गरेको छ । १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई त कुनै किसिमको श्रममा लगाउन नपाउने व्यवस्था छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE