काठमाडाैँ । अर्जुनधारा नगरपालिकामा नदीजन्य सामग्री उत्खनन गर्न खोला ठेक्का लागेको छैन । खोला ठेक्का लगाउन नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षणसहितका सबै प्रक्रिया पूरा गरेर तीनपटक ठेक्का आह्वान गरिसक्यो । तर, अहिलेसम्म कसैले पनि प्रस्ताव पेस गरेका छैनन् । ठेक्का नलागे पनि स्थानीय खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भने भइरहेको छ । व्यवसायीले ढुक्कसँग दिनहुँ खोलाबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरिरहेका छन् । अर्जुनधारा क्षेत्रका खोलाबाट दैनिक सयभन्दा बढी टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन् । ठेक्का नै नलागी खोला उत्खनन भइरहँदा पनि नगरपालिकाका जनप्रतिनिधि भने मूकदर्शक छन् । व्यवसायीले अर्जुनधारा क्षेत्रको बिरिङ, टांटिङलगायत खोलामा ट्याक्टर तथा टिपरको लाइन लगाएर नदीजन्य पदार्थको तस्करी गर्दै आएका छन् ।
बोल्न डराउँछन् स्थानीय
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - टांटिङ खोलाको माथिल्लो क्षेत्रमा पर्ने गाँजाबारीमा दिनहुँ दुईवटा स्काभेटरले नदी उत्खनन गर्दै आएका स्थानीय बताउँछन् । नदी उत्खननले गाउँमा प्रत्यक्ष असर परे पनि ढुंगा, बालुवा तस्करको धम्कीका कारण स्थानीय बोल्न सकेका छैनन् । ‘यहाँबाट तस्करले दैनिक एक सय जति टिपरमा ढुंगा लैजान्छन् । खोलामै रहेका दुईवटा स्काभेटरले एकैछिनमा लोड गरिदिन्छ,’ अर्जुनधारा २ का रमेश तामाङ भन्छन्, ‘हामीले केही भन्योैँ भने उल्टै धम्की दिन्छन् । बोल्न सक्ने अवस्था छैन ।’
नगरपालिकाका जनप्रतिनिधिले नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा चासो नदेखाएको स्थानीयको आरोप छ । ‘केही समयअघि नगरपालिकाका मेयरसहितको छलफलमा स्विकृतिविपरीतका उत्खनन ठप्पै पार्ने सहमति भएको थियो,’ अर्जुनधारा १ का एक स्थानीयले भने, ‘तर, त्यसको भोलिपल्टदेखि त झन् राति पनि उत्खनन गर्न थाले । गाउँमा ढुंगा, बालुवा र गिट्टी थुपारेर पहाड बनाएका छन् ।’ अर्जुनधारा नगरपालिकाले भने खोला ठेक्का नलागेको समयमा भएको उत्खनन अवैध भएको जनाएको छ ।
मेयर हरि रानाले संक्रमणकालीन अवस्थामा स्पष्ट नीति नहुँदा नदी नियन्त्रणमा समस्या भएको दाबी गरे । ‘अहिले संक्रमणकालीन अवस्थामा नीतिहरूको पनि अभाव छ,’ उनले भने, ‘हाम्रो नगरपालिकामा खोला ठेक्का नलागेकाले तत्कालका लागि खोला उत्खननमा रोक लगाएका छौँ ।’ मेयर रानाले रोक लगाएको दाबी गरे पनि स्थानीय खोलामा भने दिनहुँ उत्खनन भइरहेको गुनासो स्थानीयले गरेका छन् । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले खोला उत्खननको अनुगमन गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको भएको बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: