काठमाडौं । नेकपामा जिल्लादेखि केन्द्रसम्म हरेक ठाउँमा विवाद छ । तर, प्रदेश २ मा भने अन्यत्रभन्दा अझ बढी विवाद छ । प्रदेश अध्यक्ष प्रभु साहले केन्द्रीय कमिटी बैठकमा पेस गरेको रिपोर्टअनुसार ‘अन्तरसंघर्षका नाममा पार्टीको प्रतिष्ठा नै ध्वस्त पार्ने गरी आपराधिक गतिविधि’ भएका छन् । जिल्लाका पदाधिकारी चयनमा खासखास व्यक्तिको चासोमा भागबन्डा गरिएकाले प्रदेश २ का आठवटै जिल्लामा विवादैविवाद र समस्यैसमस्या रहेको अध्यक्ष साहको रिपोर्टमा उल्लेख छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रदेशमा लफडा कतिसम्म छ भन्ने विवाद विषय केन्द्रीय कमिटी बैठकमा समेत उठेको थियो । १५ देखि १९ माघसम्म चलेको केन्द्रीय कमिटी बैठकमा प्रदेश २ का अध्यक्ष साहले रिपोर्टिङ गरिरहँदा वामदेव गौतम ध्यानपूर्वक सुनिरहेका थिए । उनले यसरी ध्यानपूर्वक सुन्नुको रहस्य खुलेको छ, पार्टी विवादको ‘हेडक्वाटर’ बनेको प्रदेश २ मा केन्द्रबाटै हस्तक्षेप गर्ने नेकपाको तयारी छ । र, यसका लागि कमान्डर तोकिएका छन् गौतम नै । उनले विवाद सुल्झाउने सूत्र र योजना बुन्दै त्यसका लागि पहल सुरु गरेका छन् ।
यसअघि संगठन विभाग प्रमुख रहेका गौतम केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गरेसँगै उपाध्यक्ष पनि भएका छन् । यससँगै संगठन विभागले तयार पारेको कार्ययोजना पारित भइसकेको छ । नियमावली बदलेर संगठन विभागको अधिकार बढाइएको छ । पार्टी नियमावलीमा संशोधन गरेर संगठन विभागलाई केन्द्रीय कमिटी मातहतका पार्टी कमिटीहरूमा समस्या उत्पन्न भए कुनै पनि कमिटीको बैठकमा भाग लिन पाउने र समस्या समाधानको पहल लिने अधिकार दिइएको छ । यसबाहेक पार्टी विधान, नियमावली र संगठनात्मक सिद्धान्तबमोजिम कमिटीहरू सञ्चालित भएरनभएको जाँचबुझ गर्ने, पार्टी सदस्य तथा कमिटीहरूको चेतना, क्षमता र कामबारे जानकारी लिन र सम्बन्धित कमिटी एवं पदाधिकारीहरूलाई आवश्यक सुझाब दिन पनि सहभागी हुन पाउने अधिकारसमेत संगठन विभागले पाएको छ ।
नियमावली पारितसँगै केन्द्रीय कमिटी बैठकले प्रदेश २ को विवाद समाधानको जिम्मा संगठन विभागलाई दिने निर्णय गरेको थियो । विभागलाई पार्टी विधान, परिपत्र र पार्टी निर्णयका आधारमा विवाद समाधान गर्न केन्द्रीय कमिटीले जिम्मा दिएको छ । नियमावली र पार्टी केन्द्रको निर्णयका आधारमा संगठन विभागको प्रमुखको हैसियतमा गौतले प्रदेश २ को विवाद सुल्झाउने प्रयत्न सुरु गरेका हुन् । संगठन विभागमा पूर्वमाओवादी समूहबाट जनाद्र्धन शर्मा उपप्रमुख छन् । हाल संगठन विभाग १५ सदस्यीय छ ।
संगठन विभाग प्रमुख र पछिल्लोपटक पार्टी उपाध्यक्षको हैसियत पाएपछि वामदेव गौतमले आन्तरिक विवाद सुल्झाउने गृहकार्य थालेका छन् । पार्टी केन्द्रको निर्णय र संशोधित नियमावलीको अधिकार प्रयोग गरेर उनले विवादको केन्द्रमा रहेको प्रदेश २ बाट आफ्नो काम देखाउन चाहेका छन् ।
आन्तरिक विवादकै कारण प्रदेश २ का धनुषा, महोत्तरी, रौतहट, सप्तरी र सिराहामा एकीकरण प्रक्रियाले पूर्णता पाउन सकेको छैन । प्रदेश २ बाट स्थायी र केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरूले विवाद समाधानमा अग्रसरता देखाउनुको सट्टा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा विभाजित छन् । यसले समस्या थप निम्त्याउने देखेपछि गौतमले विभाग प्रमुखको हैसियतमा प्रदेश २ को विवादमा हात हाल्न चाहेका हुन् । नयाँपत्रिका दैनिकमा खबर छ
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: