Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

ललिता निवास प्रकरण : मृत्यु भइसकेकालाई पनि अदालतको पत्र

काठमाडौं । ललिता निवास भ्रष्टाचार काण्डका प्रतिवादीहरूलाई प्रतिवाद गर्न आउन विशेष अदालतले धमाधम पत्र काट्न थालेको छ। विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले ललिता निवास भ्रष्टाचार काण्डका प्रतिवादीहरूलाई बुधबारदेखि पत्र काट्न थालिएको जानकारी दिए ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - पहिलो दिन सो भ्रष्टाचार काण्डका सात जनालाई पत्र काटिएको उपरजिस्ट्रार खड्काले बताए । विशेष अदालतले पहिलो पत्र तत्कालीन मालपोत अधिकृत कलाधर देउजाको नाममा काटेको छ। उनको ठेगाना भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिकाङ–१० देउजागाँउमा पत्र पठाइएको छ। उनलाई २ करोड २६ लाख ८५ हजार ५ सय रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

यसैगरी दोस्रो पत्र भूमिसुधार तथा व्यवस्था विभागको तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यको नाममा काटिएको छ। यद्यपि उनको २०७२ सालमा नै मृत्यु भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगपत्रमा उल्लेख गरिएको छ। उाको सम्पत्तिबाट बिगो उठाउने प्रयोजनका लागि अख्तियारले मुद्दा दायर गरेको हो । उनको घर काठमाडौं महानगरपालिका–५ मा रहेको थियो। उनीमाथि ७५ लाख १० हजार बिगो कायम गरिएको छ।

यसैगरी अदालतले काठमाडौं महानगरपालिका–२७ बस्ने सुरेन्द्रमान कपालीलाई पनि उपस्थित हुन भनी पत्र काटेको छ। उनी मालपोत अधिकृत हुँदा २ करोड २६ लाख ८५ हजार ५ सय रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

मालपोत विभागका तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतमलाई पनि अदालतले उपस्थित हुन म्याद दिएको छ। उनको पहिलेको घर इलाम जिल्ला इलाम नगरपालिका–३ भई हाल काठमाडौं महानगरपालिका–७ देखाइएको छ। गौतमले ७८ लाख २४ हजार २ सय रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिकाका जगत्प्रसाद पुडासैनीले भ्रष्टाचार गरेको भनिएको सम्पत्ति सरकारीकरण गर्ने प्रयोजनका लागि भनी उनको घर ठेगानामा पत्र काटिएको छ। गत वैशाख १९ गते दिवंगत भएका पुडासैनीलाई २ करोड २६ लाख ८५ हजार ५ सय रुपियाँको अभियोग लगाइएको छ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठको नाममा पनि अदालतले पत्र काटेको छ। उहाँको ठेगाना काठमाडौं महानगरपालिका–१६ भएको अभियोगपत्रमा उल्लेख गरिएको छ। २ करोड २९ लाख ५७ हजार ४ सय रुपियाँ भ्रष्टाचार गरेको आरोप श्रेष्ठमाथि रहेको छ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठको नाममा पनि अदालतले उपस्थित हुन पत्र काटेको छ। श्रेष्ठमाथि १३ करोड २३ लाख ७२ हजार रुपियाँ भ्रष्टाचार गरेको अभियोग छ। उनको ठेगाना ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१५ देखाइएको छ।

विशेष अदालतका उपरजिष्ट्रार खड्काले काटिएका पत्रहरू सम्बन्धित जिल्ला अदालतमा पठाइएको र ती अदालतहरूले सम्बन्धित ठेगानामा गई तामेल गर्ने जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending