Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

चीनका नेपाली ल्याउन आनाकानी गर्ने सरकार चिनियाँ पर्यटक भने निर्बाध भित्र्याइरहेको छ

काठमाडौं । चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन् । कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन् । चीन स्वयंले पनि प्रभावित प्रान्त हुपईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ । अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हूलमूल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गर्दै आएको छ ।

चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन् । कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम रोकिएको छैन ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ पर्यटक आइरहेको बताए । उनले भने, ‘पर्यटक आइरहेका छन् । यकिन संख्या थाहा छैन ।’

उनका अनुसार भाइरस संक्रमणले बढी प्रभावित वुहानबाट नेपाल आउन चीनले नै दिएको छैन ।

पिपुल्स हेल्थ मुभमेन्टका संयोेजक एवं जनस्वास्थ्यविद् डा. शरद वन्त चीनबाट आइरहेका पर्यटकको पर्याप्त स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन् । उनले भने, ‘हामीसँग पर्याप्त उपकरण छन् । परीक्षण हुन्छ भने चिनियाँ पर्यटक आवागमन रोक्नु पर्दैन, अन्यथा सोच्नुपर्ने हुन्छ ।’

सरकारले नेपाली विद्यार्थीलाई उद्धारमा अनिर्णयको बन्दी हुन नहुने डा. वन्तको भनाइ छ । ‘चीनमा रहेका विद्यार्थी साँच्चिकै अप्ठेरोमा छन् भने उद्धारमा ढिलाइ गर्नु हुँदैन । राज्य अभिभावक हो । जतिसक्दो छिटो उद्धार गर्नु उसको दायित्व हो’, उनले भने ।

चीनका विभिन्न सहरमा उडान भरिरहेका चिनियाँ एवं नेपाली विमान कम्पनीले पर्यटक ओसारिरहेका छन् । चाइना स्टर्नको साताको ११ मध्ये दुईवटा उडानबाट पर्यटक नेपाल आइरहेका छन् । त्यस्तै चाइना साउदर्नको साताको १४ वटा उडानमध्ये २ वटाबाट पर्यटक भित्रिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार यात्रु संख्यामा कमी आएकाले उडान प्रभावित भएको छ । तिब्बती एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना स्टर्न, चाइना साउदर्न, एयर चाइना र हिमालय एयरलाइन्सले उडान कटौती गरेको विमानस्थलका प्रवक्ता कर्णले जानकारी दिए । उनले भने, ‘पर्यटकबिनाको रित्तो उडान गर्नु भएन । यात्रु पाएका बेला उडान हुन्छ ।’

सामान्य रुघाखोकी र ज्वरो आएका दुई चिनियाँ नागरिक उपचार गराउनुपर्ने भएपछि फरार भएको दुई साता बित्दासमेत अत्तोपत्तो छैन ।

चीन हुँदै नेपाल आएका साउदी अरबका नागरिक पनि जँचाउनुपर्ने भएपछि फरार छन् । कोरोना भाइरस (कोभिड १९) को आशंका गरिएका व्यक्तिहरू निगरानीमा राख्ने जानकारी पाएपछि बेपत्ता हुने क्रम बढेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसकै कारण अन्तर्राष्ट्रिय आवागमन एवं व्यापारमा कुनै अंकुश लगाउनुपर्ने अवस्था नआएको जनाएको छ । संगठन प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले संक्रमण भने जुनसुकै दिशामा जान सक्ने बताएका छन् ।

२४ को स्वास्थ्य परीक्षण

चीनबाट आएका नेपाली र चिनियाँमध्ये शंकास्पद २४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये २३ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ । एकजना नेपालीमा पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार पोेजेटिभ देखिएका व्यक्ति चीनबाट फर्केका हुन् । उनको अवस्था सामान्य छ ।

श्रेष्ठले भने, ‘हवाई मार्गबाट आउने व्यक्तिको विमानस्थलमा रहेको हेल्थ डेस्कमा परीक्षण हुन्छ । कुनै लक्षण देखिएमा वा शंकास्पद पाइएमा अस्पताल लगेर स्वास्थ्य जाँच गराइन्छ । डराइहाल्नुपर्ने अवस्था छैन ।’

‘शनिबारसम्म फर्काउँछौं’

चीनका विभिन्न सहरमा अध्ययनरत नेपाली विद्यार्थीलाई उद्धारका लागि नेपालबाट यसै साता उडान हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘यति गते नै उडान गर्ने भन्ने मिति तय भइसकेको छैन । शनिबारसम्ममा उडान गर्ने योजना छ ।’

नेपाल वायु सेवा निगमको दुई सय ४० सिट क्षमताको वाइडबडी विमान तयारी अवस्थामा छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंबाट शनिबार चीनको वुहानमा उडान भर्ने निर्णय गरेको एक मन्त्रीले बताए । सोही वाइडबडीबाट एक सय ८५ नेपाली स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म चीनस्थित नेपाली दूतावासमा एक सय ८० नेपालीले स्वदेश फर्कनका लागि निवेदन दिएका छन् । बालबालिकासमेत गरी एक सय ८५ जना आउने तय भएको छ । विभिन्न सहरमा छरिएर रहेका नेपालीलाई शुक्रबारदेखि बसबाट वुहानमा लगिनेछ । ००

स्वास्थ्य र सुरक्षा जिम्मा सेनालाई

नेपाली सेनाको नेतृत्वमा एक स्वास्थ्य टोली कोरोना भाइरस संक्रमित चीनको वुहान जाने भएको छ । शनिबार जान लागेको टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका चिकित्सक तथा नर्स सहभागी हुनेछन् । चीन फर्केपछि उनीहरूलाई राख्न तय गरिएको क्वारेन्टाइन पनि सेनाको संरक्षणमा रहनेछ । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सेना खटिन लागेको हो । सेनाको उपरथी स्तरबाट संयोजन भइरहेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘क्वारेन्टाइन परीक्षणमा सेनासहितको सुरक्षा निकायका चिकित्सक र नर्सहरू हुनेछन् ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE