जुम्ला । उपमेयर अस्परादेवि न्यौपानले मंगलबार पत्रकार सम्मेलन गरी आफुमाथि लगाएका आरोपहरुको खण्डन गर्दै मेयर कान्तिका सेजुवाले प्रमाण बिना चरित्रहत्या गर्ने काम भएको बताएकी छन् । मेयर सेजुवालले विहिबार विहान पत्रकार सम्मेलन गरी बजेट विनियोजन, योजना अनुगमन, देखि सवारी साधन प्रयोगको सन्दर्भमा दुईजनाको संलग्नता रहेको दाबी गरेकी छन् ।
गत आवमा हुन लागेको लगानी सम्मेलन उपमेयरकै असयोगले स्थगीत भएको आरोप लगाउदै, आव २०७४/७५ का सबै योजना उमेयरकै अनुगनमा भुक्तानी भएको समेत दाबी गरेकी छन् । मेयर सेजुवालले भनिन, रहेक विकास निर्माणका क्षेत्रमा दुईजना बीच ६०–४० भागभण्डा हुदै आएको कुरा पनि खुलाईन् । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ अनुरुप उपप्रमुख लगायत अन्य कर्मचारीले गरेका काम कार्बाहि बारे जानकारी लिने रेखदेख गर्ने अधिकार मेयरलाई भएपनि हाल सम्म उपमेयर कुनै पनि कामको विवरण प्रमुख समक्ष पेश नगरेको समेत आरोप लगाईन् ।
आजको कारोबार दैनिकमा खबर छ - व २०७४ देखि हाल सम्म विभिन्न योजना छनौट देखि बजेट विनियोजनमा स्वयम उपप्रमुखको हस्ताक्षर भएको प्रमाणले देखिन्छ ।
मेयरले थपिन, खाली विरोधको भावनाले राजनीतिक गलत दृष्टीकोणबाट उपमेयर आफुमाथी खनिएको स्पष्ट पारिन् । ४२ लाखका योजना अनुगमन बिनै एकल निर्णय गरी भुक्तानी गरिएको आरोप निराधार भएको भन्दै, कार्यपालिका र नगरसभाबाट स्वीकृत भई प्रचलित कानुन अनूरुप कार्यान्वयनमा आएका छन् । भने, सवारी उपमेयरले सवारी प्रयोग गर्ने लकबुकमा प्रयोजन खुलाउन भन्दा कर्मचारी संग झगडा गरेको समेत आरोप लगाइएको छ ।
तर उल्टै सवारी साधन दुरुपयोग भएको आरोप लगाउनु हाँस्यपद भएको मेयरको जिकिर छ । नगर विकासका लागि बाटो फराकिलो हुँदा पनि उपमेयरकै असयोगले आफ्ना योजनाहरु विलाउदै गएको समेत मेयरले दुखेसो गरिन् । मनका कुण्ठा पोख्ने,राजनीति भावनाले बदला लिने, तथ्य हिन आरोप लगाएर चरित्र हत्या गरेको प्रति घोर आपत्ती जनाएकी छन् । उपमेयरले लगाएका आरोप प्रति पत्रकार सम्मेलन मार्फत जारी गरिएको विज्ञेप्तीमा मेयरले सबै आरोप निराधार, चरित्र हत्या गर्नको लागि भएको समेत प्रष्ट पारेकी छन् ।
रहेक योजनामा ६०–४० का हिसाबले भागभण्डा गर्दा चुप लाग्ने पछि ऐन कानुनका कुरा ल्याएर आरोप लगाउने प्रबृति हाबी भएको उल्लेख गरिन् । उप्रमुखको कुनै जिम्मेवारी माथि हस्तक्षेप भएको छैन्, अनुगमन गर्ने सबालमा संगै गएका छौ, बजेट विनियोजना तथा भुक्तानी गर्दा गरिएका निर्णयमा उपमेयरका हस्ताक्षर हुँदाहुदै अनाआबश्यक आफुमाथि आईलागेको सुनाईन् । अन्त्यमा उनले कि प्रमाण पेश गर्नुपर्छ हैन, अति भए मान हानीको मुद्धा गर्ने समेत चेतावनी दिएकी छन् ।
आबश्यकतामा आधारित बजेट छुटाउनुपर्ने अबस्थामा मेयर उपमेयर बीच ६०–४० भागबन्डा कहिले बराबर गर्दा भने बिवाद नहुने तर पछि विभिन्न आरोप प्रत्यारोपमा नगरपालिकाको विकासमा बाधा पुराउने प्रबृती दुई पक्षबाट बढेको नागरिक अगुवाको बुझाई छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: