Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

विश्व अर्थतन्त्रमा कोरोना कहर

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा विश्व अर्थतन्त्रको विस्तार कमजोर हुने देखिएको छ। वस्तु निर्यातको जगमा फैलिएको चिनियाँ अर्थतन्त्रमा यो महामारी ठूलो अभिशाप देखिएको छ। मानवीय क्षति त छँदै छ, अर्थतन्त्र पनि चौपट हुने संकेत देखापर्न थालेको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - महामारीको समाधान नभए विश्वभर सवारीसाधन उत्पादन बन्द हुन सक्छ। वस्तु उत्पादनमा चिनियाँ कच्चा वस्तु उपभोग गर्ने र चीनमै उद्योग राखेर वस्तु उत्पादन गर्ने क्रमले पछिल्लो दशकमा व्यापकता पाएको छ।

चीन तथा त्यहाँको उत्पादन प्रणाली (मूल्य शृंखला) मा आबद्ध अन्य देशका उद्योग, व्यवसायमा पनि समस्या देखिन थालेको छ। वुहानमात्र नभएर चीनका अरू आर्थिक केन्द्र पनि सुनसान छन्।

सवारीसाधन निर्माणमा चीनबाट कच्चा पदार्थ आपूर्तिको विकल्प उत्पादकहरूसँग छैन। ९० प्रतिशतभन्दा बढी पार्टस् आपूर्ति चीनबाटै हुन्छ। चीनबाट पार्टस् प्राप्त गर्न नसकेपछि जापानको कार निर्माता कम्पनी निसानले जापानको फ्याक्ट्री अल्पकालका लागि बन्द गरेको छ। त्यहाँबाट सेरेना र एक्स–ट्रेल मोडलका गाडी उत्पादन हुँदै आएका थिए।

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चिनियाँ पार्टस् अभावमा गत साता फ्याक्ट्री बन्द गरेको छ। विश्वका सबैजसो कार निर्माता कम्पनीमा यस्तै समस्याका कारण उत्पादन प्रभावित भएको छ।

चीनबाट वस्तु आपूर्ति ठप्प भएपछि विश्व बजारमा गार्मेन्ट्सका आपूर्ति शृंखला प्रभावित भएको छ। औषधिदेखि ग्याजेटसम्मको पार्टस्का लागि उत्पादकहरू चीनमा निर्भर छन्। चीन विश्वभर आपूर्ति प्रणालीको केन्द्रमा छ। चीनबिनाको उत्पादन र व्यापार प्रणाली कल्पनाबाहिर हुन्छ भन्ने अस्थायी परिस्थितिलाई लिन सकिन्छ।

कोरोना भाइरसको उद्गम चीनको अर्थतन्त्र भने यसपटक नराम्ररी प्रभावित हुने निश्चित छ। अघिल्लो वर्ष नै चिनियाँ अर्थतन्त्र तीन दशकयताकै न्यून दरमा विस्तार भयो। सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६.१ प्रतिशत थियो। चीन र अमेरिका व्यापार युद्धका कारण चिनियाँ अर्थतन्त्र सन् २०१९ मा तीन दशकयताकै सुस्त रह्यो।

विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन सन् २०१८ देखि सुरु भएको द्विपक्षीय व्यापारको मलोमालिन्य अन्त्य गर्दै २०२० को आरम्भमा व्यापार युद्धलाई आंशिक रूपमा सच्याउन सफल भएका थिए। चीन र अमेरिकाका उत्पादन उद्योगहरूको आपूर्ति प्रणालीमा आबद्ध अन्य देशबाट कच्चा वस्तु र पार्टस् निर्यात वृद्धि भई विश्व अर्थतन्त्रले लाभ हासिल गर्ने अपेक्षा गरिएका बेला घातक महामाहारी फैलियो। जसले विश्व अर्थतन्त्रमा थप अनिश्चय पैदा भएको छ।

विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउन थालेपछि तेल उत्पादकले उत्पादन कटौती गरेका छन्। महामारी फैलिएलगत्तै चीनका विभिन्न सहरमा हुने उडान र त्यहाँ ट्रान्जिट बनाएका विश्वका धेरै हवाई कम्पनीले उडान रद्द गरेका थिए। जसले धेरै देशको पर्यटन उद्योगलाई प्रभावित बनाएको छ।

एक अर्ब ३८ करोड ६० लाख जनसंख्या भएको चीनको आर्थिक उदयसँगै विश्वमा धेरै भ्रमण गर्नेमा पनि चिनियाँ नै छन्। सन् २०१८ मा १६ करोड २० लाख चिनियाँले बाह्य मुलुकमा भ्रमण गरेका थिए। यो संख्या सन् २०१९ मा १८ करोड पुगेको थियो। पर्यटनमा केन्द्रित विश्वका धेरै मुलुकले चिनियाँ पर्यटक तान्ने ध्याउन्नमा लागेका देखिन्थे। तर नोभेल कोरोना भाइरसको महामारी बढेसँगै चिनियाँ पर्यटकको संख्या उल्लेख्य कमी आएको छ।

नेपालमा असर

कोरोना भाइरसको संक्रमणका कारण नेपालको पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भएको छ। पर्यटन व्यवसायीका अनुसार जनवरीदेखि पर्यटक आगमन २० प्रतिशत घटेको छ। पर्यटन व्यवसायी योगेन्द्र शाक्यले चिनियाँ पर्यटकको आवागमन उल्लेख्य घटेको बताए।

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमित फेला परेको भन्ने हल्लाले अन्य देशबाट भ्रमणमा आउन तयारी गरेकाले पनि बुकिङ रद्द गरिरहेका छन्। ‘विवाह तथा सभासम्मेलनका लागि बुकिङ गरेका भारतीयहरूले समेत अन्तिम समयमा बुकिङ रद्द गरिरहेका छन्,’ अर्का पर्यटन व्यवसायी पृथ्वीबहादुर पाँडे भन्छन्।

चीनबाट लत्ताकपडा तथा अन्य वस्तु आपूर्ति कम हुँदा बजारमा फेन्सी सामानको भण्डारण रित्तिँदै गएको छ। केरुङ नाका चीनले एकतर्फी बन्द गरेपछि व्यापार ठप्प छ। चिनियाँ नयाँ वर्ष मनाउन गएका ठेकेदार फर्केका छैनन्। निर्माण सामग्री अभावमा चिनियाँ ठेकेदारले ठेक्का पाएका अधिकांश विकास निर्माणका काम प्रभावित भएका छन्। चीनबाट आपूर्ति ठप्प हुँदा नेपाली बजारमा गत महिना २४० रुपैयाँ प्रतिकेजी रहेको लसुनको मूल्य ६५० रूपैयाँ पुग्नुलाई आधार मान्न सकिने अर्थशास्त्री बताउँछन्। चीनबाट नेपालले लत्ताकपडा, विद्युतीय सामग्री, मलखाद, औषधि, फर्निचर, पाइप तथा फिटिङ, पस्मिनाको कच्चा वस्तु (ऊन), स्टेसनरीजस्ता वस्तु आयात गर्दै आएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE