Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

वुहानबाट १७५ नेपालीको उद्धार

काठमाडौं । तीन साताको दबाबपछि सरकारले चीनको हुपेई प्रान्तबाट नेपालीको उद्धार गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को उद्‍गमस्थल हुपईको वुहानसहित ६ सहरमा रहेका १७५ नेपाली शनिबार राति सबा १० बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं उडेको हो । उक्त विमान आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - यसअघि १८५ नेपालीले स्वदेश फर्कन बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका थिए। तीमध्ये शरीरमा तापक्रम उच्च देखिएपछि ६ जनालाई उतै राखिएको छ। उनीहरूको रगत परीक्षणको रिपोर्ट आएपछि उपचार प्रक्रिया अघि बढाइनेछ। आवेदन दिएका चारजना भने नेपाल नफर्कने भनेर उतै बसेका छन्।

वुहानको विमानस्थलबाट १७५ जना नेपाली निगमको जहाजमा काठमाडौंतर्फ उडेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले अन्नपूर्णलाई टेलिफोनमा बताए। कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुपई प्रान्तको उहानसहित चिङचौ, चिङमन, अनसी, सयान र यिछाङ सहरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत, भ्रमणका लागि पुगेका दुई र एक कामदारसहित १ सय ८५ जनाले फर्कन आवेदन दिएका थिए।

नेपालीको उद्धारका लागि काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको चार्टर्ड विमान साँझ आठ बजे वुहान विमानस्थलमा अवतरण गरेको विद्यार्थी प्रमिला देवकोटाले जानकारी दिइन्। बच्चा र पतिसहित फर्कन लागेकी देवकोटाले टेलिफोनमा भनिन्, ‘ढिलै भए पनि सरकारले हाम्रो पीडा सुनेर राज्य भएको अनुभूति गराएको छ।’

विद्यार्थी लिन नेपाली सेनाको चिकित्सक टोली गएको छ। चीनबाट फर्किएका नेपालीलाई राख्न भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन स्थल तयार पारिएको छ। त्यहाँ उनीहरूलाई दुई साता राखिनेछ। त्रिभुवन विमानस्थलमा स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई सीधै खरिपाटी लगिनेछ।

यसअघि कतिपय नेपाली १२ घण्टा बसयात्रापछि वुहान सहरमा भेला भएका थिए। विद्यार्थीलाई ६ वटा बसमा विमानस्थल पुर्‍याइएको थियो। ढिलो भए पनि सरकारले आफ्नो कुरा सुनिदिएको भन्दै नेपालीहरू खुसीसाथ फर्केका छन्। फर्किएकामध्ये गुरुकुमार यादवले वुहानबाट टेलिफोनमा भने, ‘हामीलाई सरकारले ढिलै भए पनि सुनिदिएको छ। यसमा सञ्चारमाध्यमको भूमिका सकारात्मक रह्यो। सबैलाई धन्यवाद !’

वुहानमा दूतावासका अधिकारी कोही नपुगे पनि दूतावासबाट राम्रो सहयोग पाएको विद्यार्थीले बताए। ‘दूतावासका अधिकारीहरूले बेइजिङबाटै सबै व्यवस्थापन मिलाउनुभयो। जसरी पनि हामी फर्कन पाएका छौं’, एक विद्यार्थीले भने। १५ वर्षदेखि चीनमा रहेका न्युरो सर्जन डा. गौरव पोखरेलले नेपालीहरू डिप्रेसनमा जान सक्ने भन्दै सरकारलाई पटकपटक पत्र पठाएका थिए।

वुहान विमानस्थलमा पहिलो चरणको परीक्षणपछि नेपालको ध्वजावाहक विमान देख्दा विद्यार्थी हर्षित भएका थिए। उनीहरूले आफ्नो साथममा अत्यावश्यकबाहेक थप सामान ल्याएका छैनन्। बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ विदेश मन्त्रालय र वुहानस्थित अधिकारीहरूलाई नेपालीको रेखदेख र फर्कनका लागि गरेको सहजीकरणका लागि विशेष धन्यवाद दिएको छ।

लिने जाने पनि क्वारेन्टाइनमै

चीनमा रहेका नेपालीलाई लिन त्यहाँ पुगेका विमानका ककपिट ‘क्रु’ लाई पनि एक साता आइसोलेसनमा राखिनेछ। क्याबिन ’क्रु’ लाई भने दुई साता नै क्वारेन्टाइनमा राखिनेछ। वुहान पुगेको विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, अन्य प्राविधिक तीन जना छन्। त्यसमा नेपाली सेनाका चार जना चिकित्सक पनि छन्। उनीहरू सबै क्वारेन्टाइनमा बस्नुपर्नेछ।

कोरोना प्रभावित अझै बढ्दो

कोरोना भाइरसका कारण चीनमा शुक्रबार मात्रै १४१ जनाको मृत्यु भएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार भाइरसको उद्गमस्थल हुपईमा शुक्रबार ११६ जनाले ज्यान गुमाएका थिए। शनिबार त्यो संख्या बढेको छ। शनिबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय ३७ पुगेको छ। जापान, फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भइसकेको छ। यस्तै शनिबार युरोपमा भाइरस संक्रमणमा पहिलोपल्ट एक जनाको मृत्यु भएको छ। जनवरीमा हुपेईबाट फर्किएका ८० वर्षीय व्यक्तिको फ्रान्समा मृत्यु भएको हो।

चीनमा मृत्यु हुनेमध्ये एक हजार एक सय २७ हुपईका छन्। शुक्रबार चीनमा थप २ हजार सात सयमा संक्रमण देखिएको छ। शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर ६७ हजार नाघेको छ। तीमध्ये साढे ६६ हजार चीनकै छन्। कोरोना भाइरस संक्रमण रोक्न सक्दो प्रयास गरिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। राजधानी बेइजिङमा कोरोना भाइरस फैलन नदिन चीनले थप सतर्कता अपनाएको छ। अन्य भागबाट बेइजिङ फर्किएकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ।

यसैबीच हङकङस्थित नेपाली महावाणिज्य दूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत हुन र आवश्यक परेर सेवा लिन आग्रह गरिरहेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE