Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

गोलघरमा शोभराज र गोरेको दोस्ती, चेस र बाघचाल प्रतिस्पर्धा गर्दै

काठमाडौं । नाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करी गर्ने अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ । सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका उनीहरूको जेलभित्रै दोस्ती झाँगिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शोभराज र गोरेको जेल दैनिकी चेस र बाघचाल प्रतिस्पर्धामा बित्ने गरेको छ । उनीहरू दैनिक चेस र बाघचाल प्रतिस्पर्धामा रमाउने गरेको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार गोलघरमा रहेका सात कैदीबन्दीमध्ये शोभराज र गोरेको सम्बन्ध विशेष छ । दुवैजना किताब पनि साटफेर गरेर पढ्छन् ।

उनीहरू कुख्यात भएकाले जेल प्रशासनले विशेष निगरानीमा राखेको छ । भाग्न सक्ने र जेलभित्रैबाट अपराध गर्न सक्ने व्यक्तिलाई गोलघरमा राखिन्छ । उनीहरूले गोलघरभित्रै कैदीबन्दीलाई मात्र केही घन्टा भेट्न पाउँछन् ।

शोभराज २०६० यता गोलघरमा छन् । एकपटक उनीसँग मोबाइललगायत विद्युतीय सामान भेटाएपछि जेल प्रशासनले थप कडाइ गरेको छ । गुन्डा नाइके अभिषेक गिरी, बाल यौन दुराचारमा पक्राउ परेका साउदी अरेबियन नागरिक र न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न एक कैदी पनि गोलघरमै छन् ।

विशेष सुरक्षा फोर्स माग्दै अस्पताल जान मानेनन् शोभराज, प्रजातन्त्र दिवसमा जेलमुक्त गरिदिन माग
मुटुमा समस्या देखिएपछि शोभराजलाई गंगालाल अस्पताल भर्ना हुन केन्द्रीय कारागारस्थित अस्पतालले रेफर गरेको थियो । तर, आफ्नो सुरक्षामा विशेष फोर्स खटाउनुपर्ने माग गर्दै उनी गंगालाल जान मानेका छैनन् । तर, केन्द्रीय कारागारले विशेष फोर्स खटाउन मानेको छैन ।

‘शोभराजले आफूलाई विशेष सुरक्षा फोर्स खटाएको भनेर पत्र आएपछि मात्र गंगालाल जाने बताएका छन्,’ जेलर बाँस्कोटा भन्छन्, ‘हामी राम्रो सुरक्षा व्यवस्था गर्छौँ भन्दा उनले मानेका छैनन् ।’

वेला–वेलामा उनी विभिन्न बहाना बनाएर जेल प्रशासनलाई दुःख दिने गर्छन् । प्रजातन्त्र दिवसको अवसरमा आफ्नो बाँकी कैद मिनाहा गरेर छाड्नुपर्ने उनको माग थियो ।

तर, प्रशासनले नमानेपछि उनले यस्तो विवाद गर्न खोजेको जेल प्रशासनका एक कर्मचारी बताउँछन् । तीन वर्षअघि गंगालाल अस्पतालमै उनको मुटुको भल्भ फेरिएको थियो ।

नेपालको कानुनअनुसार ६५ वर्षभन्दा बढी उमेरका कैदीले ६५ प्रतिशतसम्म कैद छुट पाउने प्रावधान छ । तर, विदेशीको हकमा यो सुविधा छैन । आफूलाई पनि सो सुविधा दिएर छाड्नुपर्ने भन्दै पटक–पटक उनले कारागारमा निवेदन दिइसकेका छन् ।

उनकी वकिल शकुन्तला थापाले समेत छुटाउने प्रयास गर्दै आएकी छिन् । ०६५ को दसैँमा शोभराजले शकुन्तलाकी छोरी निहिता विश्वाससँग जेलभित्रै विवाह गरेकी थिइन् । तर, केही वर्षयता निहिता शोभराजलाई भेट्न गएकी छैनन् । शकुन्तला भने आइरहने जेलका एक अधिकारीले बताए ।

चार वर्षपछि छुट्ने
शोभराज जेल बसेको नौ वर्ष भयो । सबै मुद्दामा कैद भुक्तान गरेर छुट्न अब चार वर्ष बाँकी छ । जेलर बाँस्कोटाका अनुसार २०८० मा उनको सबै कैद सजाय सकिनेछ ।

शोभराजविरुद्ध नेपालमा दुईवटा हत्या र एउटा हत्या प्रयासको मुद्दा छ । ०३३ मा दुई विदेशी नागरिकको हत्या मुद्दामा उनी दोषी ठहर भएका छन् । जसमा उनलाई जन्मकैद सजाय भएको छ ।

नेपालको कानुनअनुसार जन्मकैद मुद्दामा अधिकतम २० वर्ष जेल बस्नुपर्छ । त्यस्तै, ०६७ मा केन्द्रीय कारागारमा युनुस अन्सारीलाई गोली हानेको घटनामा पनि शोभराजको संलग्नता देखिएको थियो ।

भारतीय नागरिक मनमित सिंहले शोभराजबाटै अन्सारीबारे सूचना लिएर गोली हानेका थिए । जसमा उनीविरुद्ध समेत मुद्दा दायर भएको छ । सबै मुद्दाको कैद सजाय ०८० असारमा सकिनेछ ।

प्रजातन्त्र दिवसमा तीन सय ५० कैदी छुट्ने
प्रजातन्त्र दिवसको अवसरमा तीन सय ५० कैदी छुट्ने भएका छन् । कारागार व्यवस्थापन नियमावलीअनुसार कैद मिनाहा गरेर छाड्न लागिएको छ ।

गम्भीर किसिमका केही मुद्दाबाहेकमा ५० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएमा बाँकी कैद मिनाहा गर्न सक्ने प्रावधान छ । तर, यसरी छुट्ने कतिपय पुनः अपराधमा फर्कने गरेका छन् ।

विभागले ५० प्रतिशत कैद भुक्तान गरिसकेका सबैलाई असल चालचलनको भन्दै छोड्न सिफारिस गर्दै आएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE