सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ।
आजको नागरिक दैनिकमा खबर छ - २०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण गरेको सो जग्गा हर्षबहादुर आले, गम्भीर आले, अम्मरसिंह आले, रुद्रबहादुर सलामी, दलबहादुर सुनारलगायत २४ जनाले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माण तथा खेतीपाती गरिरहेका छन्।
‘स्थानीय समुदायले आफूले प्रयोग गर्दै आइरहेको सामुदायिक÷ऐलानी जग्गा २०६३ जेठ २२ गते विद्यालयका नाममा हस्तान्तरण गरेका थिए,’ प्रधानाध्यापक डिलबहादुर घर्तीले भने, ‘त्यसको एक वर्षपछि नै विद्यालयको जग्गामा अतिक्रमण सुरु भयो।’ अहिले विद्यालयको ६ कोठे भवनमात्रै बाँकी छ। विद्यार्थीले खेल्ने मैदानसमेत उनीहरूले कब्जा गरेर खेती गरेका छन्।
२०४६ सालमा स्थापना भएको विद्यालय सुरुमा अहिलेको स्थानभन्दा तीन किलोमिटर माथि थियो। विद्यार्थी चाप बढ्दै गएपछि अभिभावकले अहिलेको ठाउँमा सार्ने निर्णय गरे। आफूले भोगचलन गर्दै आएको सामुदायिक/ऐलानी जग्गा विद्यालयलाई हस्तान्तरण गरे।
तत्कालीन जिल्ला शिक्षा कार्यालय र गाउँ विकास समितिको आर्थिक सहयोगमा छ कोठे भवन बन्यो। सयभन्दा बढी विद्यार्थीका लागि प्रशस्त खेल्ने मैदान थियो। ‘अहिले त भवन मात्रै बाँकी रह्यो,’ प्रधानाध्यापक घर्तीले भने, ‘विद्यार्थी खेल्ने मैदान पनि खेतीपाती गरिरहेका छन्।’
विद्यालयमा हरेक वर्ष विद्यार्थी संख्या बढ्दै गएर भवन अभाव छ। नयाँ भवन बनाउने जग्गा छैन। समुदायले विद्यालयलाई दिएको जग्गामै अतिक्रमणकारीहरूले टहरा बनाएका छन्।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दलबहादुर रानाले सुरुमा बाढीपीडितका नाममा विद्यालयको जग्गा अतिक्रमण भए पनि अहिले जग्गा दिनेहरू नै अतिक्रमणमा संलग्न रहेको बताए।
‘समुदायका ६७ जनाको सामूहिक भेलाले आफूले प्रयोग गर्दै आइरहेको सामुदायिक÷ऐलानी जग्गा विद्यालयलाई दिने निर्णय भएको हो, सोहीअनुसार साबिकको ठाउँबाट विद्यालय च्युरीखेतमा सारिएको हो,’ विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रानाले भने, ‘बाहिरका व्यक्तिहरूबाट विद्यालयको जग्गा अतिक्रमण हुन थालेपछि पहिले आफूले प्रयोग गर्दै आइरहेको जग्गा दिएकाहरूले पनि फेरि प्रयोग गर्न थालेका छन्।’
उनले अतिक्रमण बढ्दै गएकाले विद्यालयमा पढाउने वातावरण बिथोलिएको पनि बताए। ‘भवन मात्रै बाँकी छ, विद्यार्थीहरूलाई खेल्ने ठाउँसमेत छैन,’ उनले भने, ‘अतिक्रमित जग्गा खाली गराउन सरोकारवाला निकायहरूसँग अनुरोध गरे पनि कुनै प्रगति भएको छैन।’
जग्गा अतिक्रमणमा परेपछि विद्यालयको आय–आर्जन पनि शून्य भएको छ। ‘पहिले–पहिले खर बिक्री गरेर वार्षिक दुई–तीन लाख रुपैयाँ आम्दानी हुन्थ्यो, केरा, आँप खेती गरेका गरेका थियौं,’ प्रधानाध्यापक घर्तीले भने, ‘विद्यालयले लगाएको बाली पनि उनीहरूले कब्जा गरेका छन्।’
विद्यालयले अतिक्रमणको विषयमा वडा कार्यालय र नगरपालिकालाई पटक–पटक जानकारी गराए पनि छलफलसम्म नगरेको प्रधानाध्यापक घर्तीले दुखेसो पोखे। ‘विद्यालयको सम्पत्ति संरक्षणको दायित्व नगरपालिका र वडा कार्यालयको पनि हो,’ उनले भने, ‘हामीले पटक–पटक आग्रह गरे पनि अनुरोध गरे पनि अतिक्रमण हटाउन स्थानीय सरकारले कुनै चासो देखाएको छैन।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: