सिरहा । सिरहाको मिर्चैया नगरपालिका–५ का जमिनदार वीरेन्द्र साह पूर्व–पश्चिम राजमार्गको उत्तरपट्टी जीवा खोला छेउमा आफ्नै जग्गामा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर हटाउन दुई नाले बन्दुकसहित पुगेका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - जमिनदार साह जग्गा खाली गराउन पुगेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुनसक्ने भन्दै प्रहरी पठाए । अमिन ल्याएर र प्रक्रिया पुर्याएर मात्र जग्गा खाली गराउने भन्ने सहमतिमा पुगेपछि घर नभत्काएको डिएसपी जैसवालले बताए । बन्दुक लिएर बस्ती पुगेका साहलाई प्रहरीले प्रत्यक्ष भेटे पनि केही कारवाही गर्न सकेनन् । साहको तस्बिर सार्वजानिक भएपछि भने प्रहरी खोजतलासमा लागेको छ । साँझ मात्रै उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
‘साहले बोकेको बन्दुक लाइसेन्सबाला हो । उनलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गर्दैछौँ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले भने । जानकारी पाएलगतै साहलाई नियन्त्रणमा लिन प्रहरी खटाइएको सिरहाका एसपी चतुर्वेदीको भनाइ छ ।
जग्गाबाला साहले आफ्नो जग्गामा जर्वजस्ती बसोबास गर्दैआएकाहरुलाई प्रहरी प्रशासन गुहार्दा पनि सुनुवाइ नहुँदा आफैँ पुगेको बताए । तर आफूले बोकेको बन्दुक लाइसेन्सबाला भएको उनको भनाइ छ । स्थानीयका अनुसार उक्त बस्तीमा ३८ घरपरिवार दलित पासवान, मुसहरलगायत जाति बस्दैआएका छन् । २०६२ सालमा पूर्व राजा ज्ञानेन्द्रकी बहिनी शोभा शाहसँग वीरेन्द्र साहले त्यहाँको ५ विघा १० कठ्ठा जग्गा खरिद गरेको दाबी गर्दै आएको छ ।
त्यसअघि जग्गा माओवादीले जनयुद्धको समयमा २०५५ सालमा कब्जा गरी सुकुम्बासी दलितहरुको बस्ती बसालेको थियो । ०६४ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका गृहमन्त्री वामदेव गौतमले खाली गर्न दिएको आदेश बमोजिम २ सय ५० जना प्रहरी परिचालन गरी सुकुम्बासीहरुको घर टहरा भत्काएका थिए । तर दाहालकै नेतृत्वकै सरकारका अर्का तत्कालिन भूमि सुधार तथा व्यवस्थामन्त्री मातृका प्रसाद यादवले घर भत्काएको अर्को दिन घर टहरा निर्माण गर्न लगाए ।
विवादका कारण मातृकाले भूमि सुधार तथा व्यवस्थामन्त्री पदबाट राजीनामा दिनुका साथै एकीकृत माओवादी पार्टी समेत त्यागेर नेकपा माओवादी पार्टी गठन गरेका थिए । त्यसपछि फेरि वीरेन्द्र साहले आफ्ना मानिस प्रयोग गरी ०६७ असार २२ गते जग्गा खाली गराएका थिए । त्यसबेला नै केही घर यथावत थिए । अन्नपूर्ण पोष्टमा खबर छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: