Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

खरीपाटी क्वारेन्टाइनः मुहार हेर्न अभिभावक आतुर

काठमाडौं । ‘हेलो, बुवा हामी आयौं।’ एमबीबीएस अध्ययन गर्न चीन गएकी मीमांशाको बोली सुनेपछि उनका बुवा डा.मोहन खतिवडाले ओढिरहेको सिरक फाले। घरमा ओच्छयानमै रहेका डा। खतिवडा र त्रिभुवन विमानस्थलमा ओर्लिएकी मीमांशाबीच आइतबार बिहान ४ बजेर २५ मिनेटमा फोनमा कुराकानी भएको हो। उनले कोरोना भाइरस (कोभिड–१९) को सामना गरेर स्वदेश फर्किएकी छोरीको सुस्वास्थ्यको कामना गरे।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ- मीमांशाले चीनको वुहानबाट उद्धार, त्यसपछि नेपाल आउँदाको क्षणबारे संक्षेपमा सुनाइन् । डा.खतिवडाले पनि भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा बस्ने बन्दोबस्त भएको सुनाए। यसका लागि डा.खतिवडाले सरकार र सञ्चारमाध्यमलाई धन्यवाद दिए ।

‘कोरोना भाइरस संक्रमणको डरबाट मुक्त भयौं। ढुक्कजस्तै भइयो’, उनले भने, ‘तर, चिसो ठाउँमा क्वारेन्टाइन रहेकाले मौसमी फ्लुको डर लागिरहेको छ।’

चीनको हुबेई प्रान्तको वुहान सहरबाट नेपालीको उद्धारपछि उनीहरूका अभिभावक खुसी छन्। भाइरस संक्रमणको त्रासबीच उद्धारका लागि सरकारसँग हारगुहार गरेका उनीहरू सन्तानको मुहार हेर्न आतुर देखिएका छन्। १४ दिनसम्म बस्ने क्वारेन्टाइनमा कुनै संक्रमण नहोस् भनेर उनीहरूले कामना गरिरहेका छन्।

राष्ट्रिय ध्वजावाहक विमानमार्फत स्वदेश आएका १ सय ७५ मध्ये अधिकांश विद्यार्थी छन्। सामान्य ज्वरो आएर उतै छुटेका नेपालीप्रति मीमांशाले चिन्ता व्यक्त गरेको डा.खतिवडाले बताए।

चीनमा एमबीबीएस अध्ययनरत भतिज अनिल यादवको उद्धारमा ढिलाइ नहोस् भनेर हारगुहार गर्ने क्रममा मीना यादव सञ्चारकर्मीसामु रोएकी थिइन्। स्वदेश फर्किएका भतिजसँग कुराकानी गरेको उनले सुनाइन्।

‘तपाईंहरूले मेरो रुवाइलाई हाइलाइट गर्नुभयो। मिडिया र मानवअधिकार आयोग धन्यवादका पात्र हुन्’, उनले भनिन्, ‘ढिलो भए पनि सरकारले उद्धार गर्‍यो।’ भतिज यादवसँग आइतबार दुईपटक फोनमा कुराकानी भएने उनले सुनाइन्। क्वारेन्टाइनमा नास्ता र खानासमेत खाएको उनले बताइन्।

एनेस्थेसिया (बेहोस पार्ने विधि) मा पोस्ट ग्र्याजुएट अध्ययनरत छोरीले विमानस्थलबाट फोन गर्दा ललितपुरका नेमकृष्ण ताम्राकार दंग परे। ‘ढिलो उद्धार गरे पनि सरकारलाई धन्यवाद दिनै पर्छ। क्वारेन्टाइनको व्यवस्था गरेको छ’, उनले भने, ‘यो अवधिमा पनि छोरीलाई स्वस्थ नै देख्न पायौं।’

अभिभावक र परिवारका सदस्यसँग भेट्ने प्रबन्ध नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।

‘सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमका कारणले गर्दा भेटघाटको प्रयास नगर्न अपिल गरेका हौं’, प्रवक्ता श्रेष्ठले भने। मन्त्रालयको अपिलअनुरूप अभिभावकहरू त्रिभुवन विमानस्थल र खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा नगई फोनवार्तामै रमाए।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र भवनमा क्वारेन्टाइन बनाइएको छ। त्यहाँ उनीहरूलाई २४ सै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE