Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

दुई दर्जन प्रतिबद्धताले पछारिए मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रतिबद्धता जनाएका करिब दुई दर्जन काम पूरा हुन सकेनन्। मन्त्रालयले गरेको दुईवर्षे उपलब्धि विवरणमा उनले झन्डै चार दर्जन सुधारका काम गरेको सार्वजनिक गरे पनि पूरा हुन नसकेका कामलाई भने लुकाइएको छ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - एक वर्षअघि मन्त्री पोखरेलले मन्त्रालय र मातहतका निकायको प्रगति विवरण मासिकरूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए, उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्छु पनि भनेका थिए ।

गतवर्ष माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको प्रतिवेदनमा प्रगति विवरण सार्वजनिक गर्ने बताएका थिए, तर कुनै पनि काम पूरा गरेका छैनन् ।

उनको कार्यकालमा अनिवार्य र निःशुल्क शिक्षा लागू भए पनि नियमावली आउन नसक्दा कार्यान्वयन भएको छैन। विश्वविद्यालय वर्गीकरण गर्ने विषय सेलाएको छ।

शैक्षिक क्यालेन्डर बन्न सकेको छैन। विश्वविद्यालयको सम्पत्तिको विवाद यथावत् छ। मन्त्री पोखरेलले विश्वविद्यालयको सभामा पुग्दा सम्पत्तिको विवाद चाँडै समाधान हुने बताउँदै आएका थिए । राष्ट्रिय परीक्षा बोर्ड, शिक्षकसेवा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को संगठन व्यवस्थापन सर्वे अझै स्वीकृत भएको छैन।

त्यसको कारण प्रदेश र स्थानीय तहमा कसरी कर्मचारी व्यवस्थापन गर्ने भन्ने विषय वर्षौंदेखि समस्याको रूपमा रहेको छ। तीन निकायको प्रदेश कार्यालय कहाँ स्थापना गर्ने, कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय अन्योल छ। तीनवटै निकायले मस्यौदा पठाए पनि हालसम्म स्वीकृत भएको छैन।

हालसम्म स्थानीय तहले शिक्षासँंग जोडिएको विषयमा खर्च सार्वजनिक गरेका छैनन्। मन्त्रिपरिषद्ले साक्षर नेपाल वर्ष २०७६ अवधारणपत्र स्वीकृत गरेको छ। हालसम्म सबै जिल्ल्ला साक्षर हुन सकेका छैनन्। अवधारणापत्र स्वीकृत भयो, काम भएन– एक कर्मचारीले भने।

मन्त्रीको उपलब्धिमा सूचीमा उदयपुर, बैतडी, डडेलधुरा र मोरङसहित हालसम्म ५१ जिल्ला साक्षर भएको उल्लेख छ। ८ जिल्ला साक्षर घोषणाको तयारीमा रहेको उल्लेख छ। बाँकी जिल्ला कहिले साक्षर हुन्छन् भन्ने विषयमा उनी मौन छन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्न सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ तयार भई कार्यान्वयनमा आएको उल्लेख भए पनि छात्राले निःशुल्क प्याड पाउन सकेका छैनन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE