काठमाडौं । तपाईँलाई अनौठो लाग्नसक्छ तर यो वास्तविकता हो । व्यक्तिको दाँतले व्यक्तिको स्वभाव मात्रै नभई आउने भविष्य पनि बताउन सक्छ ।
जान्नुहोस् दाँतबारे केहि रोचक तथ्य
– जुन महिलाको एउटा वा दुईवटा दाँत थोरै बाहिर निस्किएको हुन्छ, त्यस्ता महिला आफ्नो कुरा अरुलाई मनाउन हरेक खालको प्रयास गर्दछन् । यस्ता महिलाहरु धेरै बोलिरहने हुन्छन् । साथै धेरै रिसाउने स्वभावका पनि हुन्छन् ।
– जसको दाँत सिधा हुन्छ, त्यो व्यक्ति धेरै धनवान हुन्छ । यस्तो व्यक्ति अरुकोमा नोकरी पनि गर्दैनन् । यदि अरुकोमा काम गरेको खण्डमा यिनिहरुको छोटो समयको लागि केहि सिक्न मात्रै गर्छन् । यस्ता व्यक्ति आफ्नो कुरा अरुलाई देखाउन निकै रुची राख्नछन् ।
– सेतो र सुन्दर दाँत भएका व्यक्ति भाग्यमानी हुन्छन् । यस्तो व्यक्ति अरुसँग छिट्टै घुलमिल हुने हुन्छन् । यस्ता व्यक्ति निकै संवेदनशील हुन्छन् । साथै यस्तो व्यक्तिमा अरुलाई छिट्टै विश्वास गरिहाल्ने कमजोरी हुन्छ । जसको कारण यिनिहरु बेला–बेला ठगिरहन्छन् ।
– जुन व्यक्तिको दाँतको बीचमा थोरै खाली खाली हुन्छ, यस्ता व्यक्त निकै धनवान हुने हुन्छन् । साथै यस्ता व्यक्ति निकै खर्चालु पनि हुन्छन् ।
– जुन व्यक्तिको दाँतमा हल्का कालो हुन्छ, यस्ता व्यक्ति निकै चतुर र झगडालु स्वभावका हुन्छन् । उनिहरुलाई देख्दा निकै सज्जन लागेपनि भित्रबाट भने निकै धुर्त र स्वार्थी हुन्छन् ।
– जुन व्यक्तिको दाँत थोरै रातो या पहेंलो हुन्छ यस्ता व्यक्ति एकदमै मिजाशिला स्वभावका हुन्छन् । यस्ता व्यक्तिले निकै हाँसो मजाक गर्ने र मानिसहरुसँग राम्रो सम्बन्ध राख्ने खालका हुन्छन् । यस्ता व्यक्तिलाई तपाईं पूर्णं भरोसा गर्न सक्नुहुन्छ ।
– कालो, आँडे, टेढे दाँतका व्यक्ति आफ्नो बारेमा मात्रै सोंच्ने स्वभावका हुन्छन् । यिनिहरु आफ्नो काम सकिएपछि सहयोग गर्नेलाई पनि चिन्दैनन् ।
– जसको दाँत बत्तिस वटै हुन्छ, तिनिहरुले बोलेको सत्य हुने कुरा प्रायः सत्य हुनेगर्छ । त्यस्ता व्यक्तिले जीवनको जस्तो सुकै कठिनाईमा पनि सफलता पाउने गर्दछन् ।
– जुन व्यक्तिको दाँत तिखो हुन्छ, त्यस्ता व्यक्तिको आयु लामो हुने गर्दछ । एजेन्सीबाट
प्रतिकृया लेख्नुहोस्: