Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

चीनमा कोरोनाभाइरस सङ्क्रमितले उपचार नपाएका आफन्त छटपटाएको त्यो दृश्य देख्दा...

बेइजिङ । मध्यचीनको हुबे प्रान्तमा रहस्यमय नयाँ भाइरस देखिएको दुई हप्तापछि अधिकारीहरूले सङ्क्रमित व्यक्तिहरूको पहिचान गर्ने विधि अचानक परिवर्तन गरे।

त्यससँगै सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या ह्वात्तै बढ्यो। किनभने विभिन्न परीक्षण गरिएका व्यक्ति मात्र नभएर चिकित्सकहरूले क्लिनिकमा जाँचेर रोग निदान गरेका व्यक्ति पनि गणनामा पर्न थाले।

तर प्रारम्भिक दिनमा कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ को केन्द्रबिन्दु मानिएको वुहान सहरमा तीव्र गतिमा भाइरस फैलिरहेका बेला अस्पतालमा शय्याको अभाव देखियो। अर्थात् कतिपय बिरामीले उपचार पाएनन्।

बिरामीको चाप रहेको वुहानमा त्यहाँका दुई बासिन्दाले आफ्ना आफन्तका लागि अस्पतालका शय्या पाउन गरेका प्रयाससम्बन्धी कारुणिक कथा बीबीसीलाई सुनाएका छन्।

आफ्नो बाल्यकालमै आमाबुवाको निधन भएपछि हुआङलाई उनका हजुरबुवा र हजुरआमाले पालनपोषण गरेका थिए।

असी वसन्त पार गरेका हजुरबुवा र हजुरआमाका लागि सक्दो सेवा गर्ने हुआङको एक मात्र इच्छा थियो। उनीहरूले अवकाशको जीवन राम्रोसँग बिताउन पाऊन् भन्ने उनलाई लाग्थ्यो।

तर मात्र १५ दिनमै कोरोनाभाइरसका कारण उनका हजुरबुवाको निधन भयो र हजुरआमा अहिले गम्भीर अवस्थामा छिन्।

हुआङका हजुरबुवा र हजुरआमामा ज्यानुअरी २० तारिखमा श्वासप्रश्वासको समस्या देखिन थाल्यो। सार्वजनिक यातायात ठप्प हुनेगरी ज्यानुअरी २३ तारिखदेखि वुहान बन्दको अवस्थामा गएपछि ज्यानुअरी २६ तारिखसम्म उनीहरूलाई अस्पतालसम्म पुग्न हम्मेहम्मे भयो।

उनीहरूलाई नयाँ कोरोनाभाइरसले सङ्क्रमित बनाएको कुरा ज्यानुअरी २९ तारिखमा थाहा भयो। तर त्यसको तीन दिनपछि मात्रै उनीहरू अस्पतालमा भर्ना हुन पाए।

अस्पताल बिरामीले खचाखच थियो। त्यहाँ कुनै शय्या खाली थिएन।

उनका हजुरबुवा र हजुरआमालाई उच्च ज्वरो थियो र सास फेर्न गाह्रो भइरहेको थियो। उनीहरूले करिडोरमा मात्रै ठाउँ पाए।

हुआङले अस्पतालका कर्मचारीहरूलाई हारगुहार गरेपछि एउटा लामो कुर्सी र दोबार्न मिल्ने एउटा शय्या पाए।

\'हेर्दा चिकित्सक वा नर्स नै थिएनन्, \'हुआङले आफ्नो डायरीमा लेखेका छन्, \'चिकित्सकविनाको अस्पताल एउटा चिहानजस्तै हुन्छ।\'

हजुरबुवा बितेको अघिल्लो रातसम्म हुआङ हजुरबुवा र हजुरआमासँगै करिडोरमा थिए।

उनका हजुरबुवा चित्तविभ्रमको अवस्थामा थिए। त्यो कुरा थाहा नहोस् भनेर उनले हजुरआमालाई भलाकुसारी गरेर अलमल्याइरहेका थिए।

हजुरबुवा बित्नुभन्दा तीन घण्टाअघि बल्ल उनले शय्या पाए। हजुरबुवाले अन्तिम सास लिएको क्षणसम्म हुआङ सँगै थिए।

चिनियाँ सामाजिक सञ्जाल वेबोमा लेखेका छन्ः \'हजुरबुवा, शान्तिसँग बस्नुहोला। स्वर्गमा कुनै पीडा हुँदैन।\'

\'धेरै बिरामीहरूले आफन्तको साथ नै नपाई ज्यान गुमाएका छन् र परिवारका सदस्यले अन्तिम पटक भेट्न पनि पाएका छैनन्।\'

उनकी हजुरआमा अस्पतालमा जीवन र मरणको दोसाँधमा छिन्। हुआङ सकेसम्म धेरै उनीसँगै बस्छ चाहन्छन्।

\'प्रभावकारी औषधि नै छैन। चिकित्सकहरूले आशा नमार्न र उहाँलाई आफैँ ठिक हुन सक्ने बताएका छन्,\' उनी भन्छन्। \'हामी केवल भाग्यको निर्णय कुर्न सक्छौँ।\'

फेब्रुअरी ७ तारिखदेखि जिआओ हुआङ आफैँलाई पनि सन्चो महसुस भएको छैन। उनी एउटा होटलमा दुई हप्ताका लागि क्वारन्टीनमा छन्।

ज्यानुअरी महिनाको आरम्भतिर दा चुनकी आमालाई ज्वरो भयो। परिवारले चिसोका कारण त्यस्तो भएको हुन सक्छ भनेर त्यसलाई त्यति गम्भीरतापूर्वक लिएन।

एक करोड १० लाख जनसङ्ख्या रहेको वुहानमा फैलिरहेको रहस्यमय रोगबारे उनीहरूले केही कुरा सुन्न चाहिँ सुनेका थिए।

एउटा सामुदायिक क्लिनिकमा उनले सुईहरू लगाए। तर एक हप्तामा पनि ज्वरो ओर्लिएन।

ज्यानुअरी २० अर्थात् चिनियाँ अधिकारीहरूले कोरोनाभाइरस मानिस-मानिसबीच सर्न सक्ने स्वीकार गरेकै दिन उनले ज्वरो आएका व्यक्तिका लागि निर्मित एउटा क्लिनिकमा आमालाई लगे।

छातीको एक्सरे र रगतको जाँच गरेपछि चिकित्सकले उनकी आमालाई नयाँ कोरोनाभाइरसको सङ्क्रमण भएको बताए।

\'आजको दिनसम्म मैले त्यो कुरालाई स्वीकार्न सकिरहेको छैन, दा चुन भन्छन्।

अझ दुस्खद स्थिति आउन बाँकी नै थियो।

चिकित्सकले उनकी ५३ वर्षीया आमालाई अस्पताल भर्ना गर्न नसकिने बताए। किनभने उनीहरूसँग जाँच गर्ने सामग्री नै थिएन।

ज्यानुअरी महिनाको अन्त्यसम्ममा निश्चित आठवटा अस्पतालमा मात्र त्यस्ता किट उपलब्ध थिए।

\'त्यस्तो एउटा अस्पतालका एक चिकित्सकले मेरी आमालाई भर्ना गर्ने अधिकार उनीहरूसँग नभएको बताए। स्थानीय स्वास्थ्य आयोगले मात्रै सङ्क्रमणको पुष्टि भएका बिरामीका लागि शय्या छुट्ट्याउने गर्छ,\' २२ वर्षीय दा चुनले भने।

\'अतः चिकित्सकहरूले मेरी आमा सङ्क्रमित भएको पुष्टि गर्न जाँच गर्न सकेनन् र शय्या उपलब्ध गराउन सकेनन्।\'

दा चुनका अनुसार उनको आमाको घटना प्रतिनिधि घटना मात्रै हो। वीच्याट एपको ग्रूप च्याटमा रहेका सङ्क्रमित मानिसका परिवारका २०० जना सदस्यले पनि त्यस्तै कथा सुनाएका छन्।

अस्पतालमा शय्या पाइन्छ कि भनेर उनका भाइ लाइन बस्थे। आफ्नी आमाले ड्रिप पाउन सकून् भनेर उनी क्लिनिक जान्थे।

यसरी धपेडी गर्दा उनीहरूले परीक्षण हुनु र भर्ना हुनुअगावै निगरानी कक्षहरूमा बिरामीहरू प्राण त्यागेका कैयौँ घटना देखे।

\'शवहरूलाई बेरेर कर्मचारीहरूले लग्थे, \'उनी भन्छन्, \'मलाई थाहा छैन कि कोरोनाभाइरसका कारण भएको मृत्युमा उनीहरूको मृत्यु गणना हुन्छ वा हुँदैन।\'

उनकी आमाको स्थिति बिग्रिँदै गयो। उनले खोक्दा मुखबाट रगत आउन थाल्यो र पिसाबमा पनि रगत आउन थाल्यो।

ज्यानुअरी २९ तारिखका दिन अन्ततः उनकी आमा अस्पतालमा भर्ना भइन्। तर पहिलो पटक उनी भर्ना हुने बखत पर्याप्त चिकित्सकीय उपकरण नहुँदा आफ्नी आमाले कुनै उपचार पाउन नसकेको उनी बताउँछन्।

आफ्नी आमालाई निको हुने आशा चाहिँ उनले मारेका छैनन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending