Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चिनियाँ युवकले यौन शक्ति बढाउन खाए जिउँदो भ्यागुतो, भिडियोसहित

संसारभरीका ७५ हजार १ सय ९६ व्यक्ति कोरोना भाइरसले संक्रमित भएका छन् । यीमध्ये ७४ हजार १ सय ८५ व्यक्ति त चीनमा मात्रै छन् । यो घातक भाइरसकाकारण अहिलेसम्म २ हजार ९ को मृत्यु भइसकेको छ । यीमध्ये चीनमा २ हजार ४ व्यक्ति छन् । कोरोना भाइरस फैलनुमा चिनियाँको खान्कीलाई दोष दिइएको छ । अब एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा एक चिनियाँ नागरिक खुल्ला बजारमा एउटा जिउँदो भ्यागुतो खाइरहेको देखिएका छन् ।
कोरोना भाइरस कसरी फैलियो भन्नेबारे केही पत्ता लाग्न नसकेको अवस्थामा चिनियाँ युवकको यस्तो व्यवहारले मानिसहरु विचलित छन् । वैज्ञानिक र स्वास्थ्य विज्ञले यो भाइरस चमेरोबाट फैलियो वा सर्प वा कुनै जनावरबाट मानिसमा सरेको हो भन्ने प्रमाण खोजिरहेका छन् ।

सार्वजनिक भएको भिडियो अनुसार सुरुमा ती युवकले भ्यागुतोको टाउकोलाई दाँतले टोके त्यसपछि भ्यागुताको दिमाग निकालेर खाए ।

चीनमा विदेश मन्त्रालयका स्वास्थ्य विशेषज्ञ यानझांग हुआंगले चीनमा जीवित जनावर खानु एउटा परम्परा नै भएको बताए । उनले भ्यागुता खाँदा यौन शक्ति वृद्धि हुने पनि बताए ।
चीनमा यस्ता जीव जनावरलाई विभिन्न बजारबाटै खरिद गर्न सकिन्छ ।

https://www.youtube.com/watch?time_continue=81&v=lsxeIa1HmYU&feature=emb_logo

यानझांग हुआंगका भने, ‘हामीले सोसल मिडियामा भाइरल भएको यो भिडियोको अनुसन्धान गरेका छौं र यो सन् २०१६ को भिडियो भएको पत्ता लागेको छ ।’

भिडियोमा देखिए अनुसार ती व्यक्तिले भ्यागुतालाई सुरुमा टाउकोमा टोक्छन् र हातले भ्यागुताको छालालाई सर्लक्कै मुनिसम्म च्यातिदिन्छन् । त्यसपछि उनले क्यामराको अगाडि भ्यागुताको दिमाग निकालेर खान्छन् ।

ती युवकले लाइभस्ट्रिम भिडियोमा विभिन्न जनावर खाएको भिडियो पोष्ट गरेर चर्चा बटुल्ने गरेको बुझिएको छ ।

सोसल मिडियामा उक्त भिडियो भाइरल भएपछि हज्जारौं कमेन्ट आइरहेका छन् । एक सोसल मिडिया प्रयोगकर्ताले चीनमा यसकारण पनि कोरोना भाइरस फैलिएको बताएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies