Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

उपचार नपाउँदा अपांग बालक खोरमा बन्धक

विराटनगर । छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन। खुला ठाउँमा रमाउन खोज्छन्। पाउँदैनन्। १० वर्षीय जगतबहादुर राउतका लागि बाँसको भाटाले बनाइएको खोर नै संसार हो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - उनी दिनभर त्यहीं थुनिन्छन्। राति निदाएपछि ओछ्यानमा लगेर सुताइन्छ। उज्यालो नहुँदै खोरभित्र थुनिन्छन्। हजुरबा÷हजुरआमा उनलाई खोरमा थुनेर काममा लाग्छन्। फर्कंदा बालक कपडामा दिसापिसाब गरेर खेलाइरहेका हुन्छन्।

अपांगता भएका मोरङ बेलबारी–२ का जगत टुक्रुक्क बस्न सक्दैनन्। वरपर घस्रिएर मात्रै पुग्न सक्छन्। खाना अर्कैले खुवाइदिनुपर्छ। स्मरणशक्ति कमजोर छ। ७० वर्षीय हजुरबुवा दिलबहादुर राउतले नाति जन्मिएको ६ महिनापछि दाहिने आँखा बन्द भएको जानकारी दिए। जगतको दाहिने खुट्टा र देब्रे हात पनि चल्दैनन्।

घस्रिएर जहाँ पनि जान थालेपछि खोरमा थुन्नुपरेको दिलबहादुरले बताए। उनी चटपटे बेचेर परिवार चलाउँछन्। हजुरआमा इन्द्रमाया सामान्य काम गर्छिन्। सुकुम्बासी रहेका दिलबहादुर र इन्द्रमाया ऐलानी जग्गामा टहरो बनाएर बसेका छन्। टहरो स्थानीय बासिन्दाले बनाइदिएका हुन्। पानी खाने कल नारी विकास नामक संस्थाले गाडिदिएको छ।

राउत परिवार भोजपुरको दावाँबाट संखुवासभा खाँदबारीस्थित चेवा हुँदै २०३२ सालमा झापाको महारानी झोडा झरेको थियो। २०५७ सालमा इलामको लक्ष्मीपुर पुग्यो। चार वर्षदेखि बेलबारीमा बस्दै आएको यो परिवार गरिबीको चपेटामा छ। पैसा नहुँदा दिलबहादुरले नातिको उपचार गराउन सकेका छैनन्।

उनका दुई छोरा छन्। जेठा छोरा अर्जुनकी पत्नी कल्पना अर्कैसित गइन्। उनका १६ वर्षीय छोरा आयुष कक्षा ९ मा पढ्छन्। ‘बुहारीले छाडेर हिँडिन्,’ दिलबहादुरले भने, ‘सधैं मदिरा पिएर हिँड्ने जेठाको केही भर छैन।’

दिलबहादुरका कान्छा छोरा गुञ्जनसँग २०६४ सालमा बिहे गरेकी जुनु राईले २०६६ सालमा जगतलाई जन्माइन्। उनले पनि ६ वर्षअघि दोस्रो बिहे गरिन्। ‘बुहारीले छाडेपछि छोरो बराल्लियो। कहाँ जान्छ र के गर्छ थाहा हुँदैन’, दिलबहादुर भन्छन्, ‘कहिलेकहीं रक्सी पिएर आइपुग्छ।’

उमेर बढ्दै गएकाले नातिलाई आफूहरूले उचाल्न पनि नसक्ने उनी बताउँछन्। दिलबहादुरले भने, ‘चाल नपाउने भएकाले कपडामा दिसापिसाब गरेर खेलाउन थाल्छ।’

बल्लतल्ल डेढ लाख रुपैयाँ जुटाएर भारतको सिलिगुडीसम्म लगेर औषधि उपचार गरे पनि नातिलाई निको नभएको दिलबहादुरले बताए। उनले भने, ‘थप पैसा नभएकाले बाँकी उपचार गर्न सकिएन।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE