काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको जन्मदिनको कार्यक्रमले जनतामा निकै निराशा छाएको बताएका छन् । उनले प्रमको राजशी शैलीले जनतामा राजा र गणतान्त्रिक सरकारबीच भिन्नता छुट्याउन नसक्ने अवस्था आएको टिप्पणी गरे ।
उनले जन्मदिनमा गरिएको राजशी तामझामले स्वंय प्रधानमन्त्रीलाई नै उनकै घरले छुट्याउन नसकेको बताए । ‘जुन तामझामका साथ ४/५ हेलिकप्टर लिएर देशका, प्रदेशका अनि अन्य राज्यसंरचनाका विशिष्ट व्यक्तिहरु बोकेर जाँदा घरलाई लाग्यो होला आफ्नो खड्गप्रसादी यो होइन् भन्ने । नयाँ महाराजा सवारी भएछ भन्ने लाग्यो होला ।’ रिजालले भने, ‘सायद, त्यो घरको आत्माले चिनेन होला तपाईंलाई प्रधानमन्त्री ज्यू !’
प्रतिनिधि सभाकाे मंगलबारकाे बैठकमा बाेल्दै रिजालले प्रम ओलीको शैली देख्दा हिजोका राजा महाराजा पनि लजाउने अवस्था आएको टिप्पणी गरे । उनले भने,‘ जन्मदिनमा ४ हजार बृद्धा बृद्धालाई साडी र कोट बाँड्ने कार्यक्रम थियो भन्ने सुनियो । पहिलाका राजा महाराजालाई पनि इश्र्या लाग्यो होला प्रधानमन्त्री ज्यू !’
रिजालको भनाई जस्ताको तस्तै :
सरकार कुन लोक छ थाहा छैन् । प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ थाहा छैन् । पुराना राजाको जन्मदिनको तस्बिर केहि अघि देखेको थिएँ । शैली सामान्य नै थियो । तर जन्मदिनमा तपाईंको सत्ताउन्माद देखेर आम नागरिक निराश छन् ।
जन्मदिनको दिन कार्यक्रममा प्रधानमन्त्रीको पुर्खौली घर देखियो । प्रधानमन्त्री जन्मिनुभन्दा २० वर्ष अघिको भन्ने सुनियो । घरको संरचना त निर्जिव होला तर त्यसले सजिव इतिहास बोकेको छ । आफ्नो आस्थाका लागि जुनसुकै संघर्ष, बलिदान र त्याग गर्न तयार आफ्नै आँगनको केटोले एउटा किर्तिमानी राजनीतिक यात्रा तय गर्यो भनेर स्वागतको अभिलाशा थियो होला, त्यो घर । तर जुन तामझामका साथ ४/५ हेलिकप्टर लिएर देशका, प्रदेशका अनि अन्य राज्यसंरचनाका विशिष्ट व्यक्तिहरु बोकेर जाँदा घरलाई लाग्यो होला आफ्नो खड्गप्रसादी यो होइन् भन्ने ।
नयाँ महाराजा सवारी भएछ भन्ने लाग्यो होला । सायद, त्यो घरको आत्माले चिनेन होला तपाईंलाई प्रधानमन्त्री ज्यू ! के तपाईंले एक निमेष त्यो घर अगाडि आफ्नो अन्तरमनलाई सोध्नु भो ? के जसअपजसको अन्तरमनबाट चिन्तन गर्नुभो ? के आफ्नो प्रतिबिम्ब नियाल्नु भो ? प्रधानमन्त्रीज्यू, तपाईं कुन लोकमा हुनुहुन्छ ? जनता कुन लोकमा छन् ? यति होल्डिङको पैसा र हेलिकप्टरले पुर्याएको केक देख्दा त्यो घरको इतिहासले अपमानित महसुस गर्यो होला प्रधानमन्त्री ज्यू !
जन्मदिनमा ४ हजार बृद्धा बृद्धालाई साडी र कोट बाँड्ने कार्यक्रम थियो भन्ने सुनियो । पहिलाका राजा महाराजालाई पनि इश्र्या लाग्यो होला प्रधानमन्त्री ज्यू ! हिजो राजनीति गर्ने हो भने श्रीपेच फुकालेर आउ भन्थ्ये मदन भण्डारी । तर अहिले थरिथरिका श्रिपेच लगाएका नेतालाई देख्दा के भन्दा हुन् मदन भण्डारी ?
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: