Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

देशको स्वास्थ्यको लागि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ : गगन थापा

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले पदबाट राजीनामा दिएर स्वास्थ्य लाभ लिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्तारुढ दल नेकपा र सिंगो देशको स्वास्थ्यको लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

उनले प्रधानमन्त्री ओलीमा सत्ता चलाउने वैधानिकता नै गुमेको बताए । ‘संख्या तपाईंसँग होला प्रधानमन्त्री ज्यू, तर शासन गर्ने वैधानिक योग्यता र क्षमता तपाईंले गुमाउनु भएको छ’ थापाले भने, ‘नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो देश नेपालको स्वास्थ्यको लागि तपाईं स्वास्थ्य लाभ गर्न गईदिनुस् ।’

‘बाँस्कोटा काण्डबारे प्रधानमन्त्रीले सदनबाट जबाफ दिनुपर्छ’

युवा नेता गगन थापाले गोकुल बाँस्कोटा अडियो प्रकरणमा प्रधानमन्त्री ओलीलाई संसदमा बसेर सांसदहरुको प्रश्नको जवाफ दिन आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीसँग हिम्मत भए तत्कालै आएर सदनमा सवाल जवाफ गर्न आग्रह गरे ।

‘प्रधानमन्त्रीसँग त्यो हिम्मत छ छैन थाहा छैन तर संसदसँग त्यो हिम्मत हुनैपर्छ । प्रधानमन्त्रीलाई ध्यानाकर्षण मात्रै सम्माननिय प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन, ताल तलैया हेरेर बस्ने होइन । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ । हाम्रो प्रश्नको सामना गर्नुपर्छ ।’ थापाले भने, ‘हामी यहाँ बसेर उहाँलाई निम्छरो होइन सहि प्रश्नहरु सोध्नेछौं ।’

उनले सभामुख अग्निप्रसाद सापकोटालाई प्रधानमन्त्री ओलीलाई सदनमा ल्याउन रुलिङ्ग गर्न आग्रह गरे ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending