काठमाडौं । आन्तरिक बबण्डर मच्चिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रम राजधानीस्थित यलम्बर पार्टी प्यालेस रामशाह पथमा सुरु भएको छ । पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको लागि सिफारिस गर्ने पार्टी निर्णयलाई प्रधानमन्त्री केपि शर्मा ओलीले अस्वीकार गरेपछि नेकपाभित्र तिव्र विवाद चर्किरहेको बेला प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
नेकपाभित्र सचिवालयको निर्णयसँगै सुरु भएको विवादका बीच पार्टीका शीर्ष नेताहरु प्रशिक्षण कार्यक्रमको कारण एकै मञ्चमा उपस्थित भएका छन् । पार्टीको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरु उपस्थित भएका हुन् ।
पार्टी प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली ढिलो गरि आइपुगेका छन् । ढिलो गरि कार्यक्रम स्थलमा आईपुगेका ओलीले आउने बित्तिकै प्रचण्डसँग केहि कुराकानी गरेका थिए ।
ओली र प्रचण्डबीच कुराकानी हुँदा कार्यक्रममा उपस्थित सबैले हेरेका थिए ।
ओलीले बिहिबार बिहान मात्रै कांग्रेस नेता शेखर कोइरालालाई बालुवाटारमा बोलाएर पार्टी र सरकारको आन्तरिक अवस्थाबारे कुराकानी गरेका थिए । उनले सरकार संकटतर्फ जान लागेको भन्दै सहयोग मागेको खबर सार्वजनिक भएको थियो ।
आजदेखि सुरु नेकपाको प्रदेशस्तरी राजनैतिक प्रशिक्षण कार्यक्रममा १३ जिल्लाका नेता, कार्यकर्ता, प्रदेश सांसद, मन्त्रीसहित २ हजारभन्दा बढि सहभागि छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: