काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने अवस्था नरहेको बताएका छन् । बिहिबारदेखि सुरु नेकपाको बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देखिएको विवाद सामान्य भएको र त्यसको समाधान छिट्टै हुने बताए ।
उनले मिडियाको पछाडि लागेर निराश नहुन नेता कार्यकर्तालाई आग्रह गरे । ‘मिडियामा आएको समाचारको पछि नलाग्नु होला, हामी यसको समाधान निकाल्छौं’, प्रचण्डले भने, ‘पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ, आगामी दशकौंसम्म कम्युनिष्ट पार्टीले नेपालको नेतृत्व लिन्छ, पार्टीभित्र विवाद हुन्छ, बहस पनि हुन्छ, यो विषय सामान्य हो ।’
उनले पार्टी निर्माणमा धेरै जनताको रगत र पसिना बगेको भन्दै त्यसै खेर नजाने बताए । ‘हामी धेरै ठूलो दुःख र मुल्य चुकाएर कम्युनिष्ट पार्टीलाई यहाँसम्म ल्याएका छौं, यसमा धेरैको रगत र पसिना छ, अनि करोडौं जनताको आशा छ’, प्रचण्डले भने ।
उनले दुई अध्यक्षबीच विवाद र वहस भईरहने भन्दै समाधान पनि निस्किरहेको बताए । प्रचण्डले भने, ‘हामी दुई कमरेडबीचमा निकै विवाद पनि हुन्छ तर समाधान पनि आउँछ । अहिले तपाईंहरुले सुनेको विवाद सामान्य हो । यसमा हामी छिट्टै समाधान निकाल्छौं ।’
‘बाह्रबुँदे समझदारीसँगै पार्टी एकता सुरु भएको हो’
प्रचण्डले ब्राहबुँदे सम्झौतासँगै तत्कालिन माओवादी र एमालेबीच पार्टी एकताको बहस चलेको र निकै लामो प्रर्यत्नपछि साकार भएको बताए । उनले ब्राहबुँदे सम्झौतापछि पार्टी एकताको लागि मात्रै ७ पटकसम्म वार्ता भएको बताए ।
‘पार्टी एकता यतिकै भएको होइन्, तपाईंहरुलाई लाग्ला, यी दुई अध्यक्ष मिलेर पार्टी एकता भएको हो, तर होइन यो प्रक्रिया बाह्र बुँदे सम्झौतासँगै सुरु भएको हो, ब्राहबुँदे सम्झौता लगत्तै एकताको लागि ७ पटकसम्म त वार्ता नै भएको छ’, प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले दुवै पार्टीभित्रको अहमताले गर्दा उक्त समय पार्टी एकता नभएको बताए । उनले संविधानसभा निर्वाचनको बेला सँगै निर्वाचन लडुँ भनेर तत्कालिन एमालेसँग ५०/५० को प्रस्ताव राखेको स्मरण गर्दै भने, ‘संविधान सभाको पहिलो निर्वाचनमै मैंले माधव कमरेडसँग ५०/५० गरौं भन्ने निकै प्रस्ताव गरें । साथीहरुलाई हाम्रो जनाआधार छैन भन्ने लाग्यो । मैंले ५० प्रतिशतमा कुरा नमिल्दा ४५ प्रतिशतको पनि कुरा गरेको थिएँ । त्यो पनि नमिलेपछि हामी एक्ला-एक्लै लडेका हाैं । तर निर्वाचनमा हामीले अनपेक्षित परिणाम ल्यायौं । मलाई पनि विश्वास लागेको थिएन ।’
प्रचण्डले संविधान सभाको निर्वाचनमा अनेपेक्षित परिणाम आउँदा तत्कालिन माओवादीभित्र निकै उन्माद भएको र त्यसबाट नै पार्टीलाई ठुलो क्षति भएको स्मरण गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: