Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

स्वयंसेवक शिक्षकका लागि आवेदन खुला

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वयंसेवक शिक्षकका लागि आवेदन खोलेको छ। शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका एक वर्षे अवधिका लागि आवेदन खोलेको हो ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउनेछन्। यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र ९लाइसेन्स० नचाहिने गरी व्यवस्था गरेको छ। विद्यालयमा पढाउने शिक्षकले स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरेको छ।

विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषय शिक्षकको संख्या अत्यन्तै न्यून भएपछि मन्त्रालयले आउँदो शैक्षिक सत्र वैशाखदेखि नै विद्यालयमा स्वयंसेवक शिक्षक पठाउने व्यवस्था गरेको हो। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले १ हजार ५ सय स्वंयसेवक शिक्षक राख्ने तयारी थालेको हो।

सरकारले स्वयंसेवक शिक्षक नियुक्ति गर्न कार्यविधि पारित गरेसँगै शिक्षक राख्ने व्यवस्था सुरू गरेको हो । विद्यार्थी संख्या धेरै भएका तर आवश्यकताअनुसार शिक्षक नभएका विद्यालयमा स्वंयसेवक शिक्षक राख्न लागिएको हो।

देशका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ६८ तहमा शिक्षक अभाव छ। ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रमबाट स्वंयसेवक शिक्षक राख्न लागिएको हो।

स्वयंसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत २९ माघमा मन्त्रिस्तरीय निर्णय गरेको थियो। सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार रहने व्यवस्था गरेको छ।

भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार रुपियाँ निर्धारण गरिएको छ। यस्तै, स्नातकोत्तर तह उत्तीर्णको तलब सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार रुपियाँ निर्धारण गरिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending