Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

अनुदानमा मनपरी

बेनी । डिभिजन वन कार्यालयमार्फत उद्योग वाणिज्य संघ म्याग्दीले आर्थिक वर्ष ०७५÷७६ मा जडीबुटी भण्डारण तथा प्रशोधन केन्द्र निर्माणका लागि १७ लाख ८१ हजार रुपैयाँको कार्यक्रम पायो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - संघले सहकारीमार्फत जडिबुटी उत्पादन, खेती बिस्तार, भण्डारण, प्रशोधन र बजारीकरणसम्बन्धी कार्यक्रमका लागि अनुदान दिएको थियो। १४ लाख २५ हजार रुपैयाँ भुक्तानी पाएपछि संघले गणेशटोलस्थित कार्यालयको माथिल्लो तलामा दुई कोठा थप्यो। ती कोठा संघले उद्देश्य विपरीत प्रवासी नेपाली म्याग्देली संघ (मोना) लाई भाडामा दिएको छ।

तर वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य व्यावसायीले जडिबुटी नल्याएपछि खाली कोठा मोना कार्यालयलाई दिएको बताउँछन्।

‘बजेट फिर्ता हुनबाट जोगाउन हामीलाई कार्यक्रम दिइएको हो’, उनले भने, ‘संकलन तथा प्रशोधन केन्द्र उपभोग गर्न व्यवसायीले चासो नलिएपछि कोठा भाडामा दिइएको हो।’

गण्डकी प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतको पशु विज्ञ तथा मत्स्य विकास निर्देशनालयले गत वर्ष बेनीको दोभान कृषि सहकारीलाई दूध संकलन तथा भण्डारण केन्द्रको क्षमता बिस्तार गर्न आठ लाख ३१ हजार रूपैयाँ अनुदान दिएको थियो।

सहकारी र सदस्यबाट थप पाँच लाख ५४ हजार रूपैयाँ जुटाएर दूध चिस्यान र भण्डारण उपकरण खरिद गरेपछि केन्द्र सञ्चालनको तयारी गरिएको छ। चिस्यान केन्द्रको क्षमता बिस्तार गर्ने शीर्षकमा अनुदान पाएको सहकारीले अहिलेसम्म दूध संकलन गरेको थिएन।

घरभाडा लिएर मंगलाघाटमा दूध संकलन, भण्डारण र बिक्री वितरणको तयारी गरिएको सहकारी अध्यक्ष अमृतादेवी बानियाँले बताइन्।

वन डिभिजन कार्यालयबाट जडीबुटी भण्डारण केन्द्र निर्माणका लागि गत वर्ष नै चार लाख ७५ हजार रूपैयाँ अनुदान पाएको मुग्लानी क्लोथ एन्ड ह्याडीक्र्याफ्ट कम्पनीले पनि अहिलेसम्म उद्देश्यअनुसार काम गरेको छैन।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending