Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटा प्रकरणकाे छानविन नगर्नुको नियत के ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँस्कोटा अडियो प्रकरण छानबिनमा गरिएको ढिलाईप्रति आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै देउवाले बाँस्कोटा अडियो प्रकरणलाई छानबिन नगरेर आलटाल गर्न खोजिएको भन्दै आपत्ति जनाए । उनले सरकारको नियत नै गलत रहेको आरोप लगाए ।

‘सेक्यूरिटी प्रिन्टिङ्ग पे्रस खरिद प्रकरणमा सञ्चार मन्त्रीले कमिसन मागेको ७० करोड अडियो सार्वजनिक भएको एक हप्ता पुग्दा पनि गम्भिर छानबिन नहुनुको पछाडि के नियत ?’ देउवाले भने ‘सरकारको नियत गम्भीर छ ।’

देउवाले अडियोमा हामीलाई कति आउँछ भनेर भनेको भन्दै हामीभित्र को–को पर्दछन् प्रष्ट पार्न माग गरे । ‘बाँस्कोटाले अडियोमा हामी भनेर कसलाई भनेका हुन् ? हामीभित्र को–को पर्दछन् ? प्रष्ट पार्नुस् ।’

प्रधानमन्त्रीले छानबिन प्रक्रियालाई ओझेलमा पार्न खोजे

कांग्रेस सभापति शेरबहादुर देउवाले अडियो छानबिनमा प्रधानमन्त्रीले प्रभाव पार्न खोजेको भन्दै आपत्ति जनाए । उनले अडियोलाई प्रधानमन्त्रीले नक्कली भनेकोप्रति विरोध जनाए ।

‘त्यो अडियोको छानबिन हुनुपर्दछ । छानबिन गर्ने निकायले प्रमाणित गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभएको छ । यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन् ?’ देउवाले भने, ‘छानबिन हुनुभन्दा पहिले नै तपाईंले निर्णय दिनु भयो भने तपाईं बोलीमा कति विश्वसनीयता ?’

उनले नेपाल ट्रष्टको श्वेतपत्रलाई देखाएर बाँस्कोटा प्रकरणलाई लुकाउन खोजिएको भन्दै सरकारको विरोध गरे ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending