काठमाडाैं । तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ । त्यसो भए अब चिन्ता गर्नु पर्दैन । यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ ।
नेपाल टेलिकमका अनुसार यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्छ । कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । यस्तै ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिन्छ ।
यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्दछ, उल्लेखित रकम कर सहित रहेको आइतबार टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ । त्यसैगरी सिधै *141517# डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ ।
आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः DATA30GB वा DATA60GB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्दछ ।
नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा दिइएको विभिन्न प्याकेज मध्ये लार्ज डाटा प्याक छनोट गरेर वा Self Care Account मा रजिष्टर गरेर पनि यी प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिने टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: