Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

बुधबार ओलीको मिर्गौला प्रत्यारोपण हुने: आज त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको आगामी बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुने भएको छ । त्यसका लागि उनी सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै छन् । ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गौला दिन नातिनी र भान्जा पनि तयार छन् । दुवै मिर्गौला फेल भएपछि ०६४ मा भारतको अपोलो अस्पतालमा ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा।डा। प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् । ओलीको पहिलोपटकको मिर्गौला प्रत्यारोपण गर्ने भारतीय डाक्टरलाई बोलाउने विषयमा समेत छलफल चलिरहेको छ । तर, सोमबार मात्रै त्यसको टुंगो लाग्ने स्रोतले जनाएको छ ।

प्रत्यारोपणको तयारीस्वरूप आइतबार प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा कोलोनोस्कोपी गरिएको छ । प्रत्यारोपण गर्नुपूर्व कोलोनोस्कोपी गरिन्छ । यसअघि उनको मुटुको अवस्था हेर्न मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफी गरिएको थियो । प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउनमा स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार गराएका थिए । त्यसले काम नगरेपछि ओलीको मिर्गौला डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगेको थियो । उनले १४ कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आएका थिए ।

सन् २००८ यता देशभर करिब एक हजार पाँच सयमा मिर्गौला प्रत्यारोपण गरिएको डा। ज्ञवालीले बताए  । पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि सोही बिरामीले दोस्रोपटक प्रत्यारोपण गरेका उदाहरण पनि छन् । ‘शिक्षण अस्पतालमा मात्रै आठजनामा दोस्रोपटक सफल प्रत्यारोपण गरिएको छ । त्यस्तै, तत्कालीन राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा पनि दुईवटा गरिएका छन् । यो शतप्रतिशत सफल हो,’ डा। ज्ञवालीले भने । प्रत्यारोपण गरिएका सबैले सामान्य जीवन व्यतीत गरिरहेको उनले बताए ।

प्रत्यारोपण स्वीकृत समितिको बैठक बसेको छैन
अंग प्रत्यारोपणका लागि प्रत्यारोपण स्वीकृत समितिले सिफारिस गर्नुपर्छ । समितिमा चिकित्सक, अस्पताल प्रशासन, जिल्ला प्रशासन, कानुनविद्सहितको पाँच सदस्य हुन्छन् । समितिले प्रत्यारोपण गर्ने व्यक्ति र उनलाई अंग दिने व्यक्तिबीचको नाता हेर्ने गर्छ । नाता प्रमाणित स्थानीय निकायले गर्छन् ।

उक्त सिफारिसअनुसार नाता भएको स्थानीय तहले ठहर गरेपछि मात्रै प्रत्यारोपण गर्न पाइन्छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने विषयमा समितिको बैठक बसेको छैन ।‘प्रधानमन्त्रीको प्रत्यारोपणका लागि स्वीकृति समितिको बैठक बसेको छैन, तर सबै प्रक्रिया पूरा गरेर आए निर्णय गर्न लामो समय लाग्दैन,’ समितिका संयोजक डा। ईश्वर लोहनीले भने ।

परिवारका सदस्यमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू, ससुरा पर्छन् । त्यस्तै, सौतेनी बाबु, सौतेनी आमा, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, जेठाजु, जेठानी, देवर, देउरानी, नन्द, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले अंगदान दिन सक्ने व्यवस्था छ ।

मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले भने– स्वास्थ्यलाभ गरेर छिट्टै फर्किन्छु, एक साताभित्र अर्को ‘क्याबिनेट’ बस्छ
प्रधानमन्त्री केपी ओलीले आफू छिट्टै स्वास्थ्यलाभ गरेर नियमित काममा फर्किने र एक हप्ताभित्र अर्को मन्त्रिपरिषद् बैठक बस्ने बताएका छन् । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले मिर्गौला प्रत्यारोपणका लागि आफू उच्च मनोबलका साथ तयार रहेको बताए ।

‘म छिट्टै स्वास्थ्यलाभ गरेर नियमित काममा फर्किन्छु, एक हप्ताभित्र अर्को क्याबिनेट बैठक बस्नेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘आफन्तभित्रै बहिनीकी छोरी ९भान्जी०को मिर्गौला प्रत्यारोपण गर्दै छु, चिकित्सकहरूले सबै स्वास्थ्य परीक्षण गरेर प्रत्यारोपण सफल हुने जानकारी गराएका छन् । कहिलेकाहीँ डिजास्टर ९विपत्ति० नै भयो भने बेग्लै कुरा हो, तर प्रत्यारोपण सफल हुनेमा पूर्ण विश्वस्त छु, उपचारका लागि शारीरिक, मानसिकसहित सबै हिसाबले तयार भएको छु ।’ बैठकले प्रधानमन्त्रीको स्वास्थ्यलाभ कामनाको प्रस्ताव पारित गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy