काठमाडौं । पूर्वकानूनमन्त्री तथा नेकपाका सांसद शेरबहादुर तामाङले गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएका छन् । ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’लाई सांसद तामाङले संसद सचिवालयको भवन नं. १ को विधेयक शाखामा दर्ता गराएका हुन् ।
दर्ता गरिएको विधेयकमा गाँजामा औषधीय गुण भएको भन्दै गाँजालाई प्रतिबन्ध नलाउने कुरा उल्लेख छ । विधेयक दर्ता गराएपछि सांसद तामाङले गाँजालाई विदेश निर्यात गरेर गतिलो आम्दानी गर्न सक्ने तर्क राखे । उनले गाँजा खेतीमा लगाइएको प्रतिबन्ध फुकुवा हुनसके नेपालको आर्थिक समृद्धिमा राम्रो टेवा पुग्ने बताए ।
‘किसानलाई लाईसेन्स नै दिएर गाँजा उत्पादन गर्न दिने । तर जथाभावी दिने होइन् । किसानको जमिनलाई मुल्यांकन गरेर त्यसको प्रतिशत छुट्याएर निश्चित प्रतिशतमा गाँजा खेती गर्न दिने कुरा विधेयकमा छ ।’ तामाङले भने, ‘उत्पादित गाँजालाई राज्यको बोर्डमार्फत नियन्त्रित रुपमा अन्तराष्ट्रिय बजारमा पठाउने व्यवस्था विधेयकमा छ ।’
उनले गाँजाको गेडाबाट तेल उत्पादन गर्ने र गाँजाबाट मह उत्पादन गरेर विश्वबजारमा महंगोमा बेच्न सकिने बताए । उनले नेपालको गरिबी अन्त्य गर्दै समृद्धितर्फ जान गाँजा खेति अत्यन्तै महत्वपूर्ण विकल्प भएको बताए ।
यस्तो छ विधेयक
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: