Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

चिकित्सकसँग प्रधानमन्त्री भने : ढुक्क हुनुस्, एक सातापछि क्याबिनेट बोलाउँछु !

काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपि शर्मा ओलीको मंगलबार डायलासिस गरिएको छ । भोली (बुधबार) हुने मिर्गौला प्रत्यारोपणको तयारीका लागि उनको डायलासिस गरिएको हो ।

आज प्रधानमन्त्री ओलीको छाती, मुटु, पेटलगायतको चेकजाँच पनि गरिएको त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. अरुण सायमीले जानकारी थिए ।

‘आज डायलासिस पनि गरियो, छाती, मुटुलगायत सबै रिपोर्ट राम्रो आयो, भोलि बिहान ठीक ९ बजे प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सुरु हुन्छ, सायमीले भने, ‘मुख्यगरी नेपाली टिमले नै उहाँको प्रत्यारोपण गर्नेछ, बाहिरका डाक्टर सपोर्टका लागि आएका हुन्।’

प्रधानमन्त्रीको उपचारलाई लिएर डाक्टरहरु चिन्तित भए पनि प्रधानमन्त्री भने ढुक्कै रहेको डा सायमीले बताए। ‘हामी बरु चिन्तित छौं’, उनले भने, ‘प्रधानमन्त्री ढुक्कै हुनुहुन्छ, एक हप्तापछि क्याविनेट बोलाउँछु भनेर एकदम उच्च मनोबिज्ञानका साथ कुरा राख्नुभयो।’

डा. सायमीले भारतबाट एकजना सर्जन आइसकेको जानकारी दिए। ‘एकजना बाहिरबाट आउनुभएको छु’, उनले भने, ‘मैले सुनेअनुसार प्रधानमन्त्रीको मिर्गौला पहिले ट्रान्सप्लान्ट गर्ने सर्जन आउनु भएको हो।’

दोस्रो पटकको मिर्गौला पत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्। उनलाई झापाकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गर्न लागेकी हुन्। ६९ वर्षीय प्रधानमन्त्री ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending